विदेशी भूमिमा नयाँ शक्तिको लहर, एमाओवादी नेतासहित दर्जनौं युवाहरु नयाँ शक्तिमा
कतार–एमाओवादी सम्बद्ध जनप्रगतिशील मञ्च कतारका पूर्वकोषाध्यक्ष तथा सल्लाहकार रामु बस्यालले एमाओवादी परित्याग गरेका छन् ।
राजनीति र समाजसेवामा लामो समय बिताएका बस्याल स्याङ्जाको चापाकोट गाविस–६ का स्थानीय बासिन्दा हुन् । उनले जनप्रगतिशील मञ्च र एमाओवादीको जिम्मेवारीबाट राजिनामा दिएर पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेतृत्व गरेको नयाँ शक्ति नेपालमा आवद्ध थिए । नयाँ शक्तिले अगाडि सारेको पाँच ‘स’ मान्यता र सन्तुलित विचारसहित समृद्धिको कार्यदिशालाई मन पराएर आफू यो पार्टीमा आवद्ध भएको बस्यालले जानकारी दिए ।
कतारको सनैयास्थित ग्रीन रेस्टुरेन्टको हलमा विहिबार सम्पन्न नयाँ शक्ति कतारको विशेष भेलामा उनलाई स्वागत गरिएको नयाँ शक्ति कतारका प्रवक्ता ध्रुव क्षेत्री देवकोटाले जानकारी दिए । बस्यालसँगै स्याङ्जाका दुर्गा सुनार, पूर्व जनसेना कमाण्डर लालबहादुर सुनार, सिन्धुली दौलीका सन्तोष बस्नेत र स्याङ्जाका अर्जुन चौपारीका अशोक अर्याललगायतए माओवादी कार्यकर्ताहरु नयाँ शक्तिमा आवद्ध भएका छन् ।
विशेष भेलालाई सम्बोधन गर्दै नयाँ शक्ति कतारका संयोजक रोशनले वर्तमान सरकारले जनतालाई कालोबजारी, महंगी र तस्करीजस्ता उपहार दिइरहेको भन्दै महेन्द्रीय राष्ट्रवादले मुलुकलाई दिनानुदिन कंगाल बनाउँदै लगिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण