बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

प्रभावकारी काम गर्न कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन

शुक्रबार, १७ वैशाख २०७३, १७ : ५३
शुक्रबार, १७ वैशाख २०७३
इनरुवा–प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कार्यालय प्रमुखहरुलाई जिम्मेवारीपूर्ण तथा प्रभावकारी काम गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले आज जिल्ला प्रशासन कार्यालय सुनसरीमा प्रअिजसहित क्षेत्रीय प्रशासक र सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिको सहभागितामा भएको कार्यक्रममा उनले शिक्षा, कृषि, वन र सिँचाइ क्षेत्रको विकास गरेर देशको समृद्धिमा योगदान गर्न आग्रह गरे ।

उनले गरिबी, अशिक्षा र बेरोजगारीले नेपाली ग्रसित रहेकाले जनताको सेवा सरल, सुलभ र सहज रुपमा गर्नका लागि निर्देशन दिँदै कृषिलाई यान्त्रिकीकरण र आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्रीले भने, “जनतालाई सहजता, सरलता, प्रभावकारिता र अपनत्वको महसुस गर्ने गरी काम गर्नुहोस् । ”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप