मन्त्रीको बोलीमा मात्र सिमित लुम्बिनीका ई–रिक्सा
भैरहवा - लुम्बिनी बिकास कोष भित्र शान्ति द्वीपको छेवैमा कोरियन दातृ निकाय कोईकाले दिएका ई–रिक्साहरु लहरै राखिएका छन् । हरियो रङ्गको यी ई–रिक्साहरुको कुनै पनि टायरमा हावा छैन भने अधिकांशका ब्याट्री समेत गायब छन् । यिनै रिक्साको वरिपरि भएर चर्को घाममा पर्यटकहरु खलखल पसिना बगाउँदै लुम्बिनी अवलोकन गरिरहेका देखिन्छन । रमाईलो गर्न आएका यी पर्यटकहरु ४२ डिग्री सेल्सियसमा पनि बिकास कोषमा रहेका सबै गुम्बा र मन्दिरहरु घुम्न आतुर देखिन्छन् । तर लुम्बिनीको बिकासको लागी गठन भएको लुम्बिनी बिकास कोषका पदाधिकारीहरुलाई यी पर्यटकको सुविधाबारे कुनै चासो नै छैन । लामो समयदेखि लुम्बिनी बिकास कोषमा रहेका ई–रिक्साहरु सञ्चालन हुन नसक्दा त्यहाँका रिक्सा ब्यावसायी मात्र हैनन् पर्यटकहरु पनि निराश भैरहेका थिए । तर गएको फागुन १३ गते दातृ निकाय कोईकाले लुम्बिनी बिकास कोषलाई ई–रिक्सा हस्तान्तरण गरेपछि पर्यटकहरु ई–रिक्सामा लुम्बिनी घुम्न पाईने भन्दै मख्ख परेका थिए । पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयका राज्य मन्त्री बल बहादुर महत पनि ई–रिक्सामा बस्दै अब यसको सञ्चालनमा कुनै अवरोध नआउने पनि भाषण पनि ठोके । तर मन्त्री गएको २ दिन पनि हुन नपाउँदै सञ्चालन भएका दुई रिक्सा पनि बिकास कोषले बन्द गराइदियो ।
उद्घाटन कार्यक्रमको तामझामकाबीच कोईकाले लुम्बिनी बिकास कोषलाई रिक्सा हस्तान्तरण गरे पनि कोष भने अहिले पनि सो रिक्साहरु सञ्चालन गर्ने मनस्थितिमा छैन । रिक्साहरु कहिले सम्म सञ्चालनमा ल्याउने भन्ने प्रश्नका को जवाफमा कोषका सदस्य सचिव अजितमान तामांगले सञ्चालन मिति निश्चित नभएको बताए । “अहिले पनि यी रिक्साहरु दर्ता भएका छैनन्, फेदर सोल्युसनले अहिले सम्म बिल बुकहरु हामीलाई हस्तान्तरण गरेको छैन,” तामाङ्गले भने । ई रिक्सा एसेम्बल्ड गरेको फेदर सोल्युशनले अहिलेसम्म पनि रिक्साहरु दर्ता नगरेको कारण रिक्सा सञ्चालन हुन नसकेको हो । रिक्सा आपूर्तिको जिम्मा पाएको फेदर सोल्युशनकै नाममा अहिल पनि रिक्सा रहेको र उसले कोषलाई नामसारी दिनु पर्ने तमांगको भनाई छ । यस बाहेक ई रिक्सालाई चार्जिङ्ग सेन्टर र पार्किङ्ग सेन्टर पनि बनाउन बाकी रहेकोले पनि रिक्सा सञ्चालनमा ढिलाई भएको सदस्य सचिवले बताए । संग्रहालय र शान्तीद्धिपको आसपासमा राखिएका यी रिक्साहरु मध्ये अधिकांशको ब्याट्री चोरी भएका छन भने रिक्साहरु धेरै हद सम्म बिग्रिसकेका छन । ई–रिक्सा चलाउन तालीम लिएका रिक्सा ब्यावसायीहरुले कमाइभन्दा पनि लगानी बढी लाग्ने भएकोले रिक्सा मरम्मतमा अनिच्छा देखाएका छन् । कोईकाले रिक्सा चलाउन १ सय २५ जनालाई तालिम दिए पनि तालीम लिएको अवधि लामो भएको कारण र रिक्सामा देखिएको चोरी लगायत अन्य समास्याको कारण रिक्सा सञ्चालनमा चुनौति थपिएको छ । कोइकाले प्रदान गरेको रिक्सामा ८० एम्पीयरका ४ वटा रहेको थियो । चार वटै ब्याट्री ८ घन्टामा पुर्ण रुपमा चार्ज हुन्छ र चार ब्याट्रीले ८० किलोमिटर औसतसम्म चल्न सक्छ । रिक्सामा ४ जना यात्रु र एक जना चालक बस्न मिल्ने गरी बनाइएको छ । यो रिक्सामा अहिले ८ सय किलोबाटको मोटर राख्दा ३ सय केजीसम्म तौल भार बहन गर्न सक्ने र १ हजार किलोवाटको मोटर राखेमा ६ सय किलो भार बहन क्षमता रहेको छ । रिक्सामा सौर्य शक्ती समेत जडान गर्न मिल्ने गरी बनाईएको छ । यस्को गतिप्रति घन्टा १० किमिको दरले रहेकाले दुर्घटनाको जोखिम अत्यन्त न्युन रहेको छ । लुम्बिनी बिकास कोषले रिक्सा सञ्चालनमा चासो नदिदा ई–रिक्सा चढेर लुम्बिनी घुम्ने पर्यटकको सपना सपनामै सिमित हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण