बालिका बलात्कार गर्ने अभियुक्तलाई १२ बर्षको सजाय
शुक्रबार, १७ वैशाख २०७३, १८ : ००
परासी – यहाँका एक किशोरीलाई सामुहिक बलात्कार गर्ने दुई अभियुक्तलाई जिल्ला अदालतले १२–१२ बर्षको कैद सजाय गरेको छ । गत बर्ष जिल्लाको हकुई ९ सितापुरका बलात्कारको आरोप लागेका अभियुक्तहरु अभिमन्यु सैथवार र जोगिन्दर यादवलाई अदालतको ४ नम्बर इजलासका न्यायाधीस उपेन्द्र गौतमको इजलासले सो फैसाला सुनाएको हो । उनिहरुले गाउकै एक १७ बर्षिय बालिकालाई खोलामा लगेर सामुहिक बलात्कर गरे पछि प्रहरीले मुद्दा चलाएको थियो । पुर्पक्षका लागि थुनामा राखी अदालतमा मुद्दा चलिरहेको थियो । पिडित बालिकालाई क्षतिपुर्ति बापत जनही २० हजारको दरले क्षतिपुर्ति तिर्नु पर्ने पनि फैसला भएको अधिवक्ता मनोज हरिजनले बताए । इजलासको यस्तो फैसलाले पीडितले न्यायको महसुस गर्ने र समाजमा फेरि यस्तो घटना नदोहिरिनमा सहयोग मिल्ने उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण