राष्ट्रिय अखण्डताको रक्षाको निम्ति राष्ट्रिय एकता : प्रचण्ड
काठमाडौं – एमाओवादी अध्यक्ष प्रचण्डले पूनर्निर्माण, संविधान कार्यान्वयन, देशको आर्थिक विकास, स्वतन्त्रता र राष्ट्रिय अखण्डताको रक्षाका निम्ति पनि राष्ट्रिय एकताको आवश्यक भएको बताएका छन् । मुस्लिम सरोकारका विषय वस्तु लगायत संवैधानिक मुस्लिम आयोगको भावी कार्य दिशा विषयक गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले वर्तमान संविधान बन्न नदिन नेपालीहरुकै बीचमा झगडा पैदा गराएको उल्लेख गर्दै सबै चुनौतिहरुको सामना गरेर संविधान जारी गरेको बताए । ‘संविधानमा धेरै विषयहरुको सम्बोधन भएका छन् तर यस भित्र २ अतिवादी सोच छन् । एउटा संविधान सबैरुपले पूर्ण छ, परिवर्तन आवश्यक छैन भन्ने र अर्को संविधानमा कुनै उपलब्धी छैन भन्ने सोच छन् ।’ उनले संवैधानिक मुस्लिम आयोग बनेको बताउँदै यसले सरकारलाई निर्देशन गर्ने हैसियत राख्ने जानकारी दिए । मुस्लिम समुदाय दलितभन्दा पनि धेरै पर राखिएको समुदाय भएको उनको धारणा थियो । उनले भने, ‘तर अहिले तीब्रताका साथ विकास गर्दै मुस्लिम समुदाय अगाडि आएको छ ।’ उनले मुस्लिम आयोगलाई फेरी निरन्तरता दिन पहल गरिने पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
-
१८ महिना नाघेका सबै मुद्दा फर्स्योट गर्ने लक्ष्यमा उच्च अदालतलाई सफलता
-
काठमाडौँमा तेस्रो अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकारिता सम्मेलन आयोजना हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण