बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

बोरुसिया डर्टमुन्डका कप्तानको बार्यन म्युनिख जाने इच्छा

शुक्रबार, १७ वैशाख २०७३, १९ : ०५
शुक्रबार, १७ वैशाख २०७३
म्युनिख – बोरुसिया डर्टमुन्डका कप्तान म्याटस् हुमेल्सले बार्यन म्युनिख फर्कने इच्छा प्रकट गरेका छन् । जर्मनीका २७ वर्षीय डिफेन्डरमाथि यसअघि लिभरपुलले चासो देखाएको थियो । उनलाई आबद्ध गर्न म्यानचेस्टर युनाइटेड र आर्सनलले पनि चासो देखाएका छन् । तर अहिलेसम्म बार्यन म्युनिखले भने उनलाई कुनै प्रस्ताव राखेको छैन् । हुमेल्सले बार्यन म्युनिखबाटै आफ्नो करियर सुरु गरेका थिए । सन् २००९ मा उनी बोरुसिया डर्र्टमुन्डमा आबद्ध भए । उनले यस सिजन डर्टमुन्डबाट ४४ खेल खेलेका छन् । बार्यन म्युनिखमा आबद्ध भएको खण्डमा उनी सन् २०१३ पछि बार्यन जाने बोरुसियाका तेस्रो खेलाडी हुनेछन् । यसअघि मारियो गोट्जे र रोर्बट लेवान्डोओस्की बोरुसिया डर्टमुन्डबाट बार्यन गएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप