अनुमति बिना सगरमाथामा हेलिकप्टर : हिमपहिरोको खतरा
काठमाडौं – अनुमति बिना नै हेलिकप्टरहरु दृश्यावलोकका लागि यात्रुहरुलाई सगरमाथा आसपास लैजान थालेपछि नेपाली अधिकारीहरु चिन्तित देखिएका छन् । आरोहणमा जानेहरुले हेलिकोप्टरबाट उत्पन्न हुने कम्पनले हिमपहिरो जाने खतरा रहेको भन्दै यसमा आपत्ति जनाएपछि चिन्ता उत्पन्न भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसीले जनाएको छ । पर्यटकीय उडानहरु एभरेस्टको बेस क्याम्पभन्दा माथिल्लो उचाईमा लैजान पाइदैँन । तर ५ हजार ३ सय ६४ मिटरभन्दा माथि फ्लाईटहरु उड्न थालेपछि चिन्ता थपिएको छ । यद्यपि हेलिकोप्टर कम्पनीहरुले खुम्बु आईसफल देखाउनका लागि फ्लाईटहरुले अनुमति पाएको बताएका छन् । विभिन्न विपत्ती र महाभूकम्पका कारण पछिल्लो दुई वर्ष सगरमाथामा कुनै आरोहण हुन सकेको छैन् । यसअघि सन् २०१४ मा गएको हिमपहिरोमा १६ जना शेर्पाहरुको निधन भएको थियो । त्यस्तै गत वर्ष भूकम्पमा कम्तिमा पनि १८ आरोहीहरुले ज्यान गुमाए । आरोहणको सिजन शेर्पाहरुले अहिले धमाधम आरोहण सामाग्रीहरु माथिल्ला क्याम्पतर्फ लगिरहेका छन् । हेलिकोप्टरहरु खुम्बु आईसफलभन्दा माथिल्लो उचाईमा गइरहेका छन् र उनीहरुलाई हामीलाई अफ्टेरो परिस्थिती सिर्जना गरेका छन् । सैनिक आरोहण दलका सदस्य पासांग काजी शेर्पालाई उद्धृत गर्दै बीबीसीले लेखेको छ । हेलिकोप्टरबाट उत्पन्न हुने भाईब्रेशनले हिउको ठिक्का क्र्याक उनसक्ने भन्दै उनीहरुले आपत्ति जनाएका छन् । शेर्पाहरुमा के डर छ भने उनीहरु हिमपातको शिकार हुनसक्छन् । हेलिकोप्टरले थप भय सिर्जना गरेको छ । पासांग शेर्पाले भनेका छन् । बिबिसीले यस सम्बन्धी सोधपुछ थाल्दा नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले एयरलाईन्सहरुलाइ त्यसरी फ्लाईट नचलाउन चेतावनी स्वरुप सर्कुलर जारी गरेको बताएका छन् । नागरिक उड्डयन प्राधिकरणका सहायक निर्देशक राजन पोखरेलले बिबिसीसँग भनेका छन् : हामीले सर्कूलरमा यो स्पष्ट भनेका छौ कि दृश्यावलोकनका लागि जाने फ्लाईटहरु बेसक्याम्पभन्दा माथिल्लो उचाईमा जान पाउँदैनन् । आपतकालिन समयमा उद्धारका लागि जाने फ्लाईटहरुलाइ मात्रै हामीले त्यस्तो अनुमति दिएका छौ र कहिलेकाँही स्काईडाइभिंगजस्ता विशेष परियोजनामा सरकारको अनुमति लिएर त्यहाँ जान पाइन्छ । पोखरेलले शेर्पाका समस्याहरुप्रति उड्डयन प्राधिकरण गम्भिर रहेको जनाएका छन् । एयरलाइन्सको अर्कै भनाई यद्यपी एयरलाईन्सका अधिकारीहरुले समस्या केही नरहेको बताएका छन् । हामीले मैदानबाट २ हजा ३ सय ४० फिटमाथिसम्म उडान भर्र्छौ र हिमालबाट कम्तिमा पनि १ किलोमिटर टाढा हुन्छौ । त्यसैले त्यहाँ भाइब्रेशन हुने र हिमपात हुने कुनै खतरा रहदैँन । एयरलाइन्स अपरेटर्स एशोसियसन नेपालकी अध्यक्ष पवित्रा कार्कीले भनेकी छिन् । हामीले फ्रान्समा बनेको इकुरिल हेलिकोप्टर प्रयोग गर्ने गरेका छौ । यो निकै लाईट हुन्छ र हामीले केवल २ देखी ३ जना यात्रूलाई मात्रै एउटा फ्लाईटमा हाल्ने गरेका छौ । पवित्राको भनाई छ । एयरलाइन्स अपरेटर्स एशोसियसन नेपालका अधिकारीहरुले आरोहणको समयमा प्रतिहप्ता झन्डै आधा दर्जन फ्लाईटहरु दृश्यावलोकनका लागि प्रयोग हुने बताएका छन् । तर बेस क्याम्पमा रहेकाहरुले फ्लाईटको संख्या बढेको भन्दै चिन्ता व्यत्त गरेका छन् । नेपालमा ६ वटा कम्पनीहरुले २० वटा हेलिकोप्टर दृश्यावलोकनका लागि प्रयोग गर्ने गरेका छन् । तर केही पाइलट मात्रैै दक्ष छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय विदेश सचिव महवारले भेटे परराष्ट्रमन्त्री खनाललाई
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण