बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

शिक्षा अधिकारीलाई कालोमोसो दल्ने विप्लव माओवादीका जिल्ला संयोजक पक्राउ

शुक्रबार, १७ वैशाख २०७३, १९ : २५
शुक्रबार, १७ वैशाख २०७३

काठमाडौं – प्रहरीले काठमाडौं जिल्ला अधिकारी शंकरबहादुर गौतमलाई कालोमोसो दलेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका काठमाडौं जिल्ला संयोजक प्रकाश अधिकारीलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत स्वयम्भूले अधिकारीलाई पक्राउ गरेको हो । विप्लव नेतृत्वको माओवादी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकर गौतमलाई मोसो दलेको थियो । आिर्थक अनियमितता गरेको, नीजि विद्यालय सञ्चालकले विद्यार्थीसंग मनपरि शुल्क लिइरहेपनि नियन्त्रण गर्न नसकेकोलगायतका आरोप लगाउँदै गौतमलाई कालोमोसो दलिएको थियो । गौतमलाई विद्यार्थीहरुले कार्यकक्षमा नै पुगेर मोसो दलेका थिए । गौतमले भने आफूले कुनैपनि अनियमितता नगरेको, नियमित कर्तव्य निर्वाह गरिरहेको बताए । ‘जिशिअ, स्थानीय विकास अधिकारीलगायतका पदमा बसेका व्यक्तिलाई यस्तो घटना हुनु सामान्य हो’ गौतमले भने, ‘म यस्तो कामबाट कहिल्यै पनि हतोत्साही हुन्न । आफ्नो जिम्मेवारी पुरा गरिरहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप