बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपतिका प्रत्यासी डोनाल्ड ट्रम्पमाथि बलात्कार मुद्दा

शुक्रबार, १७ वैशाख २०७३, १९ : ३२
शुक्रबार, १७ वैशाख २०७३

वासिंटन – अमेरिकाको राष्ट्रपति पदका आकांक्षी रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पमाथि बलात्कारको मुद्धा लागेको छ । ट्रम्पले १३ वर्षको उमेरमा आफूलाई बलात्कार गरेको आरोप एक महिलाले लगाएकी छिन् । महिलाको दाबी अनुसार सन् १९९४ मा अरबपति ट्रम्पले आफ्ना साथिहरुसँग मिलेर उनीमाथि यौन हिंसा गरेका थिए । उनले बलात्कारपछि ट्रम्पले आफूलाई चार महिनासम्म बन्धक बनाएर राखेको आरोप लगाएकी छिन् । यि महिलाले ट्रम्पसँग क्षतिपुर्ति स्वरुप १ सय मिलियन डलर मागेकी छिन् । पिडित महिलाले मंगलबार क्यार्लिफोनियाको सेन्ट्रल डिस्टिक्ट कोर्टमा मुद्दा दर्ता गरेकी छिन् । मिडिया रिर्पोटका अनुसार महिलाले अदालतमा आफ्नो रक्षा आफै गर्ने बताएकी छिन् । महिलाले पुलिसलाई यो घटना सेप्टेम्बर १९९४ को रहेको बताएकी छिन् । यता ट्रम्पले यि सबै आरोप निराधार रहेको भन्दै खण्डन गरेका छन् । महिलाका अनुसार ट्रम्प र उनका अरबपति साथि जेफ्री एप्सटाइनले मोडलिंग करियर बनाइदिने बाचा गर्दै यौन शोषण गरेका थिए । पछि उनीहरुल धम्क्याएर उनको प्रयोग गर्न थाले । त्यतिबेला आफ्नो उमेर केवल १३ वर्ष रहेको महिलाले बताएकी छिन् । उनले भनेकी छिन् ः मलाई एप्सटाइनको न्युर्योकस्थित घरमा बोलाउँथे र त्यहाँ उनीहरुले सेक्स पार्टी गर्दथे । यस पार्टीमा ट्रम्प पनि हुन्थे । ट्रम्पले थुप्रैपटक ममाथि गलत हर्कत गरेका छन् । उनीहरुले मलाई चार महिनासम्म यौन शोषण गरेर राखे । त्यसको केही समयपछि ट्रम्पले मलाई बलात्कार गरे । यता ट्रम्पले सबै आरोप निराधार रहेको बताउँदै राजनीतिक रुपमा विपक्षीहरुले यसलाई मसाला बनाउन खोजेको बताएका छन् । उनले आफ्नो छवि खराब गर्ने कोसिसमा विपक्षीहरु रहेको बताएका छन् । त् यस्तै जेफ्री एप्सटाइमले पनि सबै आरोप गलत रहेको बताएका छन् । एप्सटाइममाथि यसअघि पनि यस्ता थुप्रै आरोप लागेका थिए । उनी बालिकामाथि दुव्यवर्हार गरेको घटनामा दोषी समेत भेटिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप