बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वरिष्ठ मानव अधिकारकर्मी कृष्ण पहाडी दाङ आउँदै

शनिबार, १८ वैशाख २०७३, ०८ : ०८
शनिबार, १८ वैशाख २०७३

दाङ – मानव अधिकार तथा शान्ति समाज नेपालले तुलसीपुरमा जागरणसभा गर्ने भएको छ । समाजले स्वाभिमान अभियान अन्र्तगत आईतबार १९ गते तुलसीपुरको विपी चौकमा जागरणसभाको आयोजन गर्ने समाजले जनाएको छ ।

‘शान्ति, अंहिसा, राष्ट्रिय स्वाभिमान, एकता र आत्मसम्मान’ भन्ने नाराका साथ हुने कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीलगाएत स्थानीय राजनितिक दलका प्रमुख एवं प्रतिनिधिहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको शान्ति समाज दाङका सचिव शरद रेग्मीले जानकारी दिए ।

यसैबीच मानवअधिकार तथा शान्ति समाज दाङ शाखाले आज एक विज्ञप्ति जारी गरि संस्थापक सभापति वरिष्ठ मानव अधिकारकर्मी कृष्ण पहाडीले सम्वोधन गर्ने जागरणसभामा उपस्थित हुन सबैमा अनुरोध गरिएको छ ।समाजका सभापति शुरेस श्रेष्ठ र सचिव शरद रेग्मीद्धारा हस्ताक्षरित विज्ञप्तिमा ठिक २ बजेदेखि कार्यक्रम सुरु हुने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप