हात भाँचिएकी बालिकाको मृत्यु भएपछि अस्पताल तनावग्रस्त
जाजरकोट– हात भाँचिएर उपचारको लागि रुकुमको चौरजहारीस्थित मानव विकास तथा सामुदायिक सेवा अस्पतालमा लगिएकी जाजरकोटकी एक बालिकाको उपचारको क्रममा अस्पतालको लापरवाहीले ज्यान गएको भन्दै आफन्तले बव बुझ्न नमानेपछि अस्पताल तनावग्रस्त भएको छ ।अस्पतालको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तले बालिकाको शव नबुझ्दा शव गन्हाउन थाल्यो ५ दिनदेखि बालिकाको शव अस्पतालमै वार्ता निश्कर्ष विहिन
भेरीमालिका–११ मटेलाका अनिल शर्माकी डेढ वर्षीया छोरी अर्पना शर्माको सोमवार उपचारको क्रममा अस्पतालमै ज्यान गएको थियो । मृत घोषणा गरिएको पाँच दिन सम्म पनि मृतकका आफन्तले दोषीलाई कारवाही र क्षतिपुर्तीको माग गदै लास नबुझेपछि अस्पताल तनावग्रस्त भएको हो । बालिकाको लास गन्हाउन थालेको छ । रुकुमका सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनको पहलमा पिडित पक्ष र अस्पताल प्रशासन बीच शुक्रवार भएको वार्ता पनि निश्कर्ष विहिन भएको छ । वार्तामा पिडित पक्ष र अस्पताल प्रशासन आ आफ्ना अडानमा टसमस नभएपछि वार्ता निश्षर्श विहिन भएको हो । यस अघि पटक पटक भएका वार्ता समेत विफल भएका थिए । यस घटनाका कारण अस्पतालको सेवा समेत प्रभावित भएको छ । पिडित पक्षले अस्पतालमा आक्रमण गर्न सक्ने भन्दै प्रहरीले कडा सुरक्षा दिइरहेको जनाईएको छ ।
पिडित पक्षले दोषीलाई कारवाही र क्षतिपुर्तीको माग गरेपनि अस्पताल प्रशासनले अस्पतालको गल्ती नभएको बरु छानवीन गर्न गराउन तयार रहेको तर विना गल्ती क्षतिपुर्ती नदिने बताएपछि वार्ता निश्कर्ष विहिन बनेको हो । उनले हात भाँचिएकी बालिकाको लापरवाही विना कसरी एक्कासी मृत्यु हुन्छ उनले प्रतिप्रश्न गदै भने अस्पतालकै लापरवाहीले वालिकाको मृत्यु भएको हो दोषीलाई कारवाही र उचित क्षतिपुर्ती नदिए लास नबुझ्ने अडान दोहर्याए । उता अस्पताल प्रशासक डिलबहादुर गिरीले अस्पतालको कुनै गल्ती नभएको दोहर्याउदै घटनाको छानवीन र मृतकको ल्याव परीक्षण गर्न आफुहरु तयार रहेको तर विना गल्ती सजाय नभोग्ने जिकिर गरे ।
गत ६ गते आफ्नै घरमा खेलिरहेको अवस्था एक्कासी लडेर वाँया हात भाँचिएकी ति बालिकालाई उपचारको लागि चौरजहारी लगिएको थियो । भोलीपल्ट ७ गते उनको भाँचिएको हातमा रड राखेर प्लाष्टर गरिएको थियो । सामान्य अवस्थामा रहेकी बालिकालाई वैशाख ९ गतेको विहान घाउ सुकाउने भन्दै एन्टिवायोटिक सुई लगाईएको र उक्त सुई लगाएको केही समयमा नै बालिका बेहोस भएको उनकी आमा प्रमिला शर्माले बताईन् । बालिका बेहोस भएपछि उनलाई भेन्टिलेटरमा राखेर कृत्रिम स्वास दिएर उपचार थालिएको अस्पतालले जानकारी दिएको थियो । बालिकाको स्वास्थ्यमा सुधार नआएपछि सोमवार अस्पतालले उनलाई मृत घोषणा गरेको हो । बालिकाका आफन्तले अस्पतालको लापरवाहीले बालिकाको मृत्यु भएको भन्दै क्षतिपुर्ति सहित कारवाहीको माग गरेका छन् । हात भाँचिएकी बालिकालाई अर्कै औषधी प्रयोग गरेर सुई लगाएर अस्पतालले मार्यो बालिकाका हजुरबुवा ज्ञानी प्रसाद शर्माले भने, ‘घटनाको छानबिन गरि दोषीलाई कारवाही गर्नुपर्छ ।’ उनले सिक्दै गरेका प्रशिक्षार्थीले उल्टो औषधी प्रयोग गर्दा आफ्नी नातिनीको मृत्यु भएको जिकिर गरे । उनले नातिनिको मृत्यु ९ गते नै भैसकेपनि घटनालाई मत्थर बनाउन ४ दिन सम्म भेन्टिलेटरमा राखेर अस्पतालले नाटक गरेको आरोप लगाए ।
अस्पतालमा कार्यरत डा. कालेब कुमार बुढाले भने, ‘अस्पतालको लापरवाही नभएको दावी गरेका छन् ।’ उनले ९ गते विहान ६ बजे एम्पीकोल्क्सा नामक घाउ सुकाउने एन्टिवायोटिक दिएको तर बालिका साढे एक घण्टा पछि आमाको दुध खाँदा खाँदै सर्को परेर आमासयमा गएको दुध स्वास नलीमा गएर अड्किदा बालिका बेहोस भएको बताएका छन् । त्यसपछि कृत्रिम स्वास दिएर भेन्टिलेटरमा राख्यौँ तर बचाउन सकेनौँ डा. बुढाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण