बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अवैध काठसहित तीन पक्राउ

शनिबार, १८ वैशाख २०७३, ०८ : २४
शनिबार, १८ वैशाख २०७३

विराटनगर– सखुवाको चिरान काठसहित शुक्रबार प्रहरीले दुई किशोरसहित तीन जनालाई पक्राउ गरेको छ ।

लेटाङ–भोगटेनी नगरपालिका–५ स्थित धोवी खोलाको पश्चिम बगर हुँदै सखुवा जातका ३६ थान चिरान काठ अर्थात् ३२ क्युबिक फुट काठ लगिरहेको गोप्य सूचनाको आधारमा खटिएका प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

सो नगरपालिका–४ बस्ने १८ वर्षीय भुवन लिम्बू, १३ वर्षीय ओमराज लिम्बू र १४ वर्षीय विनोद लिम्बू पक्राउमा परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनीहरु माथि आवश्यक कारबाहीका लागि इलाका वन कार्यालय लेटाङ पठाइएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप