बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

१२ जनाकाे अवस्था नाजुक बन्दै

शनिबार, १८ वैशाख २०७३, ०८ : ३४
शनिबार, १८ वैशाख २०७३

काठमाडौं–स्वदेशमै रोजगारी र आर्थिक समृद्धिको माग गर्दै खुलामञ्चमा आमरण अनसनमा बसेका युवाहरुको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । राज्यले देशमै उचित रोजगारी दिन नसकेको भन्दै चार दिनदेखि आमरण अनसनमा बसेका युवाहरुमध्ये केहीको अवस्था नाजुक बन्दै गएको हो ।

रोजगारी र समृद्धिको लागि आर्थिक क्रान्तिको अभियानमार्फत योग्यता, सीप र दक्षताअनुसारको रोजगारीको ग्यारेन्टी, रोजगार दिन नसके स्वरोजगारका लागि प्रमाणपत्र धितोमा राखेर ऋण दिनुपर्ने, बेराजगार भत्ताको व्यवस्था गर्नुपर्ने लगायतका माग राखेर १२ जना युवाहरु बुधबारदेखि काठमाडौंको खुलामञ्चमा आमरण अनसनमा छन् ।

अभियानका संयोजक चन्द्र बहादुर थापा सागरको नेतृत्वमा अनुषा राई, जिविता आचार्य, ज्ञानदेवी विष्ट, मञ्जु गौतम, लक्ष्मी स्याङताङ तामाङ, दावा शेर्पा, अजित झा, भरत लामिछाने, निरज पुन, रियाज पौडेल, र महेश नेपाल, आमरण अनशनमा छन् ।

विभिन्न राजनैतिक दलका नेताहरुले उनीहरुको अनशनप्रति ऐक्यबद्धता जनाएपनि राज्यको तर्फबाट आधिकारीक व्यक्ति आएर अनशनप्रति कुनै सुनुवाई नगरेको अनशनरत युवाहरुको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप