रोल्पा रोगलाई पिजी सर्टिफिकेट
काठमाडौं–आउँदो शुक्रबार रिलिजको तयारीमा रहेको फिल्म ‘रोल्पा रोग’ सेन्सर पास भएको छ । सेन्सर बोर्डले फिल्मलाई पिजी सर्टिफिकेट दिएको छ । जसकारण १६ वर्ष मुनिका बालबालिकालाई फिल्म हेर्न अभिभावकको साथ चाहिने भएको छ ।
फिल्मका निर्देशक दिपक वलीले फिल्ममा समावेश द्धन्द्वका दृश्य र केहि गालीका दृश्यहरुका कारण फिल्मले पिजी पाएको बताए । फिल्ममा द्धन्द्वकालिन समयमा माओवादिलाई गाली गरेको केहि दृश्यहरु रहेको उनले खुलाए । रोल्पाको ग्रामिण जीवनमा आधारित फिल्मले द्धन्द्वकालिन युवाहरुको कथा बोकेको छ ।
फिल्मलाई एवान मूभि मेकरको ब्यानरमा थल बहादुर वली र निर्मला वलीले निर्माण गरेका हुन । शिशिर भण्डारी फिल्ममा फरक भुमिकामा देखिएका छन । त्यस्तै कुलदिप अधिकारी, जनक घर्ती, बिनु खड्का, रामबाबु आक्रोश, सुशिल पोखरेल लगायतको अभिनय रहेको छ ।
मौलिक कथा र ग्रामिण जीवनशैली भएका कारण नेपाली दर्शकका लागि मसलेदार फिल्म बन्ने निर्माण युनिटको बिश्वास छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
-
वर्षापछि माइतीघर जलमग्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण