बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मष्तिस्क, पक्षघात भएका बालबालिकाहरुलाई सहयोग

शनिबार, १८ वैशाख २०७३, ०८ : ५६
शनिबार, १८ वैशाख २०७३

धनकुटा–धनकुटा जिल्लामा राष्टिय पत्रकारिता दिवसको अवसर पारेर धनकुटाको हिले बजारबाट सञ्चालित रेडियो लालीगुरास १०५.२ मेगाहर्जले शुक्रबार मस्तिष्क, पक्षघात भएका बालबालिकाहरुलाई सहयोग गरेको छ । रेडियोले धनकुटाको होटल हिले भ्यूको सभा हलमा नव वर्ष २०७३ सालको शूभकामना आदानप्रदानसहित मष्तिष्क, पक्षघात भएका बालबालिकाहरुलाई सहयोग हस्तान्तरण तथा सम्मान कार्यक्रमको आयोजना गरेको हो ।

उक्त कार्यक्रममा हिले उच्च मावि श्रोत केन्द्र अन्र्तगतका मष्तिस्क, पक्षघात भएका बालबालिकाहरुलाई नगद रु १० हजारसहित डे केयर सेन्टरमा राख्ने सामाग्रीहरु प्रदान गरिएको आयोजकले जनाएको छ । रेडियोले साल भरीमा विभिन्न क्षेत्रबाट रेडियोमा समचार रिपोर्टिङ गरेर समचार सम्प्रेषरण गरेका संवाददाता मध्येका एक संवाददाता भूमिराज देउवान आधुनिकलाई नगद २ हजारसहित प्रंशसा पत्र प्रदान गरिएको छ ।

देउवानले अन्य संवाददाताभन्दा फरक कोणबाट रेडियोलाई धनकुटाको बोधे क्षेत्र आसपासका समचार रिपोर्टिङ गरी रेडियो लालीगुराँसबाट निरन्तर समचार सम्प्रेषण गरेर रेडियोलाई योगदान पु¥याएकाले सम्मान गरिएको रेडियोका स्टेशन म्यानेजर विदुर खवासले जानकारी दिए ।

रेडियो व्यवस्थापन समितिका अध्यक्ष सिताराम श्रेष्ठको अध्यक्षता तथा सामुदायिक रेडियो प्रसारक संघ नेपालका उपाध्यक्ष अर्जुन राईको प्रमुख आतिथ्यमा सञ्चालित कार्यक्रमको अवसरमा रेडियोले स्थापना कालदेखि हालसम्म निरन्तर विज्ञापन उपलब्ध गराउने विज्ञापन दाता, रेडियोलाई स्थापनाकालदेखि अहिलेसम्म निरन्तर सहयोग पु¥याउने विभिन्न सरकारी तथा गैरसरकारी संघ–सस्थालाई सम्मान तथा प्रंशसा पत्र प्रदान गरिएको थियो भने रेडियोका लगानी कर्तालाई समेत प्रशंसा पत्र प्रदान गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप