प्रसिद्ध पर्यटकीय स्थल पञ्चासे क्षेत्रमा भीषण आगलागी, अझै नियन्त्रण गर्न सकिएन
पर्वत– प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल पञ्चासे क्षेत्रमा भीषण आगलागी भएको छ ।
पर्वत कास्की र स्याङ्जाको सङ्गमस्थल तथा जैविक विविधताले भरिपूर्ण मानिने पञ्चासे संरक्षित वनमा बिहीबार रातिदेखि भीषण आगलागी भएको हो । उक्त आगो अहिलेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । आगलागीका कारण उक्त क्षेत्रमा पाइने लोपोन्मुख जडीबुटी, तथा जनावर सङ्कटमा पर्ने खतरा बढेको छ ।
पाँच हजार ५०० हेक्टरमा फैलिएको वनमा डढेलो लागेको हो । डढेलोबाट पञ्चासे वन क्षेत्रमा पाइने १२ प्रकारका वन, १५० प्रकारका औषधिजन्य बोट, ११३ प्रजातिका सुनगाभा, आठ प्रकारका रेशादार वनस्पति, ५८९ प्रकारका फूल फुल्ने वनस्पतिलगायतका अमूल्य वनस्पति र जङ्गली जनावर तथा चराचुरुङ्गीसमेत जोखीममा परेका छन् ।
आगो निभाउनका लागि पर्वतस्थित नेपाली सेना, सशस्त्र प्रहरी बल र डिमुवा प्रहरी चौकीका प्रहरीको टोली निरन्तर खटिएको भए पनि नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
नजिकमा पानीको स्रोत नभएको र भएका मूलसमेत खडेरीका कारण सुकेकाले आगो नियन्त्रणमा लिन समस्या सिर्जना भएको प्रहरीले जनाएको छ ।
आगो निभाउन गएको राम्जाका स्थानीय रविन गुरुङ गम्भीर घाइते भएका छन् । उनको टाउकोमा गम्भीर चोट लागेकाले पोखरा मणिपाल अस्पतालमा शुक्रबार राति शल्यक्रिया सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
त्यस्तै जिल्लाको सबैभन्दा उचाइमा रहेको कालान्जर पर्वतको नामले परिचित हम्पाल लेकको फेदीमा समेत आगलागी भएको छ । गएरातिदेखि आगलागी भएको स्थानीयले जानकारी दिएका छन् । क्याङ गाविस–९ देखि सल्किएको आगो माथिसम्मै फैलिएको स्थानीय नरसिंह पुनले जानकारी दिए ।
स्थानीयको पहलमा आगो निभाउने प्रयास भए पनि आगो नियन्त्रण बाहिर गएको उहाँले भन्नुभयो । यता भँगरा गाविसमा लागेको आगो भने नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
यस वर्ष पर्वतका ५० भन्दाभन्दा बढी क्षेत्रमा आगलागी भएको आगलागीका कारण खुल्न नसकेको सामुदायिक वन उपभोक्ता महासङ्घका अध्यक्ष किशोर सापकोटाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
-
वर्षापछि माइतीघर जलमग्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण