पासाङ ल्हामु मार्ग बन्द
शनिबार, १८ वैशाख २०७३, ०९ : २०
रसुवा– केरुङबाट स्याउ बोकी काठमाडौँतर्फ जाँदै गरेको कन्टेनर डिब्बा राम्चे गाविस–१ मूलखर्कमा पल्टँदा पासाङ ल्हामु मार्ग बन्द भएको छ ।
गए राति १० बजेको समयमा ओभरलोडका कारण ना६ख ३०२१ नम्बरको कन्टेनर सडकमै पल्टिएपछि यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।
सडक बन्द भएपछि यात्रुबाहक बस र एम्बुलेन्ससमेत चल्न सकेको छैन । कन्टेनर पन्छाउन काठमाडौंबाट क्रेन मगाइसकिएकाले सम्भवत आज साँझसम्म सडक सञ्चालन हुने जिल्ला प्रहरी प्रमुख अवदेश विष्टले बताए ।
धुन्चेबाट काठमाडौँ जाने र काठमाडौँबाट केरुङतर्फ जाने सयौँ सवारीसाधन रोकिएर बसेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण