बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रधानमन्त्रीले आन्दोलनप्रति चासो नलिएको भन्दै मोर्चाद्धारा सर्वदलीय बैठक बहिष्कार

शनिबार, १८ वैशाख २०७३, ०९ : ३८
शनिबार, १८ वैशाख २०७३
[caption id="attachment_12717" align="alignleft" width="843"] File Photo[/caption]

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पुनः निर्माणको विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठक मधेसवादी दलले बहिष्कार गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा मधेसवादी दललगायत अन्य आन्दोलनरत आदिवासी जनजाती पार्टीहरुले पनि बहिष्कार गरेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका एक घटक नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झाले आफूहरु सरकारको विरुद्ध आन्दोलन गरिरहेका कारण सरकारले बोलाएको बैठकमा नजाने बताए ।

आफूहरुले आफ्नो मागसहितको ज्ञापनपत्र दिँदा कहिल्यै चासो नलिएका प्रधानमन्त्री ओलीले के कुन कारणले किन बैठक बोलाएको आफूहरुको चासोको विषय नभएका कारण बैठकमा नजाने प्रतिकृया दिए । मधेसी मोर्चा सम्मलित २७ दलीय गठबन्धन १५ गतेदेखि आन्दोलनमा छ । आन्दोलनमा जानुअघि प्रधानमन्त्री ओलीलाई एक ज्ञापनपत्र पनि बुझाएको थियो, तर प्रधानमन्त्री ओलीले कुनै चासो नलिएको भन्दै मधेसी मोर्चाका नेताहरु आक्रोशित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप