दुई हजार वर्षपहिलेका किरातबारे बताउने 'मुन्दुम : होसुङ' प्रकाशित
काठमाडौं– गर्भावस्थादेखि मृत्युसम्मका चाम्लिङ राईहरुको संस्कारसँग सम्बन्धित मुन्दुम समेटिएको पुस्तक 'मुन्दुम होसुङ' सार्वजनिक भएको छ । चाम्लिङ भाषाका रिसिया (श्लोक)हरुलाई खस-नेपाली र अंग्रेजीमा पनि अनुवाद गरिएको यो किताब एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो । किताबमा चाम्लिङ राईहरुले गर्ने संस्कारहरुमध्ये नौ वटा संस्कार गर्दा नछुङ (धामी)ले बखान्ने मुन्दुमको रिसिया संकलन गरिएको छ । उदयपुर जिल्लाको बलम्तालाई केन्द्र बनाएर मुन्दुमका रिसियाहरु संकलन गरिएका हुन् । हजारौं वर्षअघिदेखि एकदेखि अर्को पुस्तामा मौखिक रुपमा हस्तान्तरण हुँदैआएको मुन्दुम लोपोन्मुख अवस्थामा पुगेपछि किरात राई चाम्लिङ खाम्बातिमले किरात मुन्दुम (दर्शनशास्त्र) अनुसन्धान तथा अभिलेखीकरण समिति गठन गरेको थियो । सोही समितिले स्थलगत रुपमा संकलन गरेका मुन्दुमहरु पुस्तकाकार रुपमा प्रकाशन गरिएको हो । यसबारे कार्यक्रममा बोल्दै संयोजक जयकुमार राईले भने, 'किरात पुर्खाले सँगालेको आफ्नो अनुभव र ज्ञान नै मुन्दुम हो । यो अहिले संकलन नगर्ने हो भने अबको दश वर्षभित्र लोप हुने खतरा छ ।' मुन्दुम लोप हुन नदिन समितिले काम गरिरहेको उनले बताए । कार्यक्रममा बोल्दै आहुतिले मुन्दुम किरातीहरुको सभ्यताको परिचायक र नेपाली समाजको मौलिक सम्पदा भएकोले यसको संरक्षण गरेर मात्र नेपाली समाजको पहिचान जोगाउन सकिने बताएका थिए । उनले भने, 'अब नेपालसँग धेरै कम कुरा मात्र बाँकी छ जसले नेपाललाई विश्व समुदायसँग चिनाउन सकियोस् । त्यसमध्ये किरातहरुको मुन्दुम पनि एक हो ।' कार्यक्रममा प्रा.डा. चुडामणि बन्धु, डा. विजय सुब्बा र डा. जनक राईले पनि बोलेका थिए । सम्पादक भोगीराज चाम्लिङका अनुसार 'मुन्दुम : होसुङ (संस्कार)' किताबको सबैभन्दा महत्वपूर्ण संस्कार चाहिँ 'वाडाको' अर्थात् पानीदेउताको पूजा हो । उनका अनुसार 'वाडाको' गर्दा बखान गरिने मुन्दुममा सिन्धुघाँटीको सभ्यता र किरात-नागजातिबीचको प्राग्ऐतिहासिक कालको वैवाहिक सम्बन्धबारे उल्लेख छ । सिन्धुघाँटीदेखि गंगाको मैदान हुँदै नेपालको पूर्वी पहाडी भूभागसम्मको बसाइँसराइको वर्णन पनि 'वाडाको' मुन्दुममा हुने गर्छ । उनले मुन्दुमको पुरातात्विक खोजीसँग दाँजेर विश्लेषण गर्ने हो भने प्राग्ऐतिहासिककालिन किरातहरुका बारेमा धेरै कुरा खुल्न सक्ने सम्भावना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण