विद्यार्थी यार्सागुम्बा टिप्न जाँदा ५० बिद्यालय बन्द
शनिबार, १८ वैशाख २०७३, १२ : १२
बझाङ –विकट हिमाली जिल्ला बझाङका अध्ययरत विद्यार्थीहरु यार्सा टिप्न लेकतिर जाँदा करीब ५० विद्यालयहरु तीन महिनाका लागि बन्द भएका छन् ।
विद्यार्थीहरु यार्सा टिप्न लेकतिर जाँदा जिल्लाको उत्तरी भेगमा पर्ने दौलिचौर, सूर्मा , दाँतोला , काँडा , मेलविसौना, दहबगर, रिलु गाबिसका करिब ३८ वटा बिद्यालय र धमेना,भामचौर गाविस र जयपृथ्वी नगरपालिकाको मयाना लगायतका झण्डै एक दर्जन बिद्यालयहरु गरी झण्डै ५० बिद्यालय पुर्ण रुपमा बन्द भएका हुन ।
यस क्षेत्रका बासिन्दाहरुको आयस्रोतको प्रमुख माध्यम यार्सागुम्बा रहेकाले पनि यस मौसममा ७÷८ बर्षका बालक देखि ७० बर्षका बृद्धहरु पनि यार्सागुम्बा टिप्न लेक तिर जाने गर्छन ।
दुर्गम हिमाली जिल्लाका विद्यालयहरु बर्षामा ३ महिना यार्सा संकलनको समयमा र हिउंदमा मंसिर देखी फागुन सम्म जाडोका कारण बन्द हुने गरेका छन । यसैगरी दशै तिहार र अन्य विदाहरुमा समेत विद्यालय वन्द हुने हुनाले यस क्षेत्रका विद्यालयमा बर्षमा चार महिना पनि राम्रो संग पढाई नहुने गरेको विद्यार्थीहरु बताउँछन ।
बिद्यालय बन्द भएपछि बिद्यार्थीहरु संगै शिक्षक शिक्षीकाहरु पनि यार्सागुम्बा टिप्नका लागी लेकतिर हिँडेका छन । चैत्रको अन्तिम साताबाट यार्सागुम्बा संकलन सुरु गरी असारको मसान्त सम्म टिप्ने क्रम जारि हुनाले ३ महिनाका लागि बिद्यालयहरु पुर्ण रुपमा बन्द भएको काँडाका हस्त धामीले बताए ।
समुन्द्री सतह देखि ५००० मिटर भन्दा बढि उचाइमा पाइने यार्सागुम्बा टिप्नको लागी अहिले यस जिल्लामा छिमेकि जिल्ला बैतडि, हुम्ला, दार्चुला, बाजुरा र अछामबाट मानिसहरु आउने गर्दछन । धेरै उचाइमा गएर काम गर्नु पर्ने र पाल मुनिको बास हुने हुने हुनाले अधिकांश बालबालिका र बृद्धहरु चिसोका कारण लेक लागेर बिरामी हुने गर्दछन् भने बषेर्नी ३÷४ जनाको हिउँमा चिप्लेर ज्यानै जाने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण