बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पत्रकार महासंघले क–कसलाई दिँदैछ पुरस्कार ?

शनिबार, १८ वैशाख २०७३, १३ : ०७
शनिबार, १८ वैशाख २०७३

काठमाडौं–नेपाल पत्रकार महासंघले स्थापना गरेको ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’ वरिष्ठ कार्टुनिष्ट दुर्गा बराल (वात्स्यायन) (पोखरा) लाई प्रदान गरिने भएको छ । महासंघको शुक्रबार आठौं केन्द्रीय समितिको पूर्ण बैठकले बराललाई सो पुरस्कार दिने घोषणा गरेको हो । रु. १ लाख राशिको सो पुरस्कार बराललाई महासंघको चितवनमा मंगलबार हुने महासंघको केन्द्रीय साधारणसभाको अवसरमा हस्तान्तरण गरिने महासचिव उजीर मगरले बताए । यस्तै पूर्व केन्द्रीय सदस्य स्व. गौरी कठायतको स्मृतिमा स्थापित रु. १५ हजार राशिको ‘गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार’ तुलाराम पाण्डे (कालिकोट) र रु. १० हजार राशिको ‘उमा सिंह राष्ट्रिय पत्रकारिता पुरस्कार’ गणेश चौधरी (कैलाली)लाई प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ । यस्तै प्रेस स्वतन्त्रता सेनानीबाट शिवबहादुर कार्की (मोरङ्ग), याम प्रधान (सुनसरी), दिनेश देव (सिराह), धन लामा (काठमाडौं), चक्रपाणि नेपाल (काठमाडौं), चेतबहादुर सिं (काठमाडौं), लालकुमार भट्टराई (नवलपरासी), बद्रीविनोद प्रतिक (कास्की), नारायण भट्टराई (कास्की), झपेन्द्र वैद्य (प्यूठान) र चिरञ्जीवी अर्याल (सुर्खेत) लाई सम्मान गरिने भएको छ । सम्मानित हुने प्रेस स्वतन्त्रता सेनानीहरुलाई वैशाख २१ गतेका दिन चितवनमै सम्मान गरिने महासंघले जनाएको छ ।

बैठकले केन्द्रीय साधारणसभामा हुने सांगठनिक, आर्थिक प्रतिवेदन र संशोधनसहितको प्रस्तावित विधानलाई अन्तिम रुप दिनुका साथै महासंघको संगठनात्मक पुनर्संरचनाका लागि संशोधनसहितको विधानलाई पनि अन्तिम रुप दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप