बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिंहदरबारमा सर्वदलीय बैठकः पुर्ननिर्माणबारे प्रधानमन्त्रीद्वाको नयाँ प्रस्ताव

शनिबार, १८ वैशाख २०७३, १३ : २३
शनिबार, १८ वैशाख २०७३
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणका लागि सबै दलले सामुहिक रुपमा स्वंयसेवक परिचालन गर्नुपर्ने प्रस्ताव गरेका छन् । शनिबार सिंहदरवारमा बसेको सर्वदलीय बैठकमा उनले दल बिशेषले आ–आफ्नै ढंगले स्वयंसेवक परिचालन गर्दा समस्या आउन सक्ने भन्दै सबै दलहरुबाट प्राप्त नामलाई एकीकृत गरी संगठित रुपमा परिचालन गर्नुपर्नेमा जोड दिए । प्रधानमन्त्रीले पुनर्निर्माण प्राधिकरणले स्वयंसेवक परिचालनको कार्यबिधि बनाएर समन्वय गर्ने जानकारी समेत बैठकमा दिए । ‘सबै स्वयं सेवकहरुको रेकर्ड राखेर यो अभियानलाई संयुक्त रुपमा सञ्चालन गर्नुपर्छ’ प्रधानमन्त्री ओलीले भने ‘जेठ १ देखि १५ दिनकालागि यो अभियान चलाऔं । यो अभियान खासगरी सामुहिक आवास निर्माणका लागि केन्द्रित गरौं । ’ ओलीको सो प्रस्तावमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता महेश आचार्य, एनेकपामाओबादीका महासचिव कृष्णबहादुर महरा, राप्रपा नेपालका अध्यक्ष कमल थापा, नेकपा मालेका महासचिव सीपी मैनाली, राप्रपाका नेतापशुपति समशेर राणा, नेकपा संयुक्तका अध्यक्ष गणेश शाह, नेमकिपाका नेता प्रेम सुवाल तथा अन्यदलका नेताहरु प्रेमबहादुर सिंह, लक्ष्मण राजबंशी, सिबी श्रीषलगायतले सहमति जनाएका थिए । मधेसी मोर्चाको माग वार्ताबाटै सम्बोधन बैठकमा प्रधानमन्त्री ओलीले मधेसी मार्चाले उठाएका मागहरु वार्ताकै माध्यमबाट समाधानगरिने बताए । मोर्चासँग वार्ता गर्न सरकार तयार रहेको प्रधानमन्त्री ओलीले बताए । मधेसको समस्या राष्ट्रको हितलाई सर्वोपरि राखेर नै समाधान खोज्न सकिने उनको भनाई थियो । प्रधानमन्त्रीले सरकारले संसदको अधिवेशन वैशाख २१ गते आह्वान गरिसकेको र सम्भवत वैशाख २३ गते सरकारको नीति कार्यक्रम संसदमा पेश हुने जानकारी दिँदै संसदको प्रभावकारिता मर्यादापूर्वक बढाउन दलहरुलाई आग्रह गरे । उनले संसदीय सुनुवाई समितिको गठन र संसदको नियमावलीमा भईरहेको ढिलाईले धेरैतिर असर परिरहेकोले सहमतिका साथ यी विषयहरुको टुंगो लगाउनुपर्नेमा पनि जोड दिए । सर्वदलीय बैठक मधेसवादी दलले बहिष्कार गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप