बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिंगो बस्तीमा आगो फैलियो, ४५ बढी घर ध्वस्त

शनिबार, १८ वैशाख २०७३, १३ : ४८
शनिबार, १८ वैशाख २०७३
गुल्मी, बैशा १८ – तीन दिन अघिदेखि वनमा लागेको आगोले यो हाल बनाउला भनेर सोच्दै सोचेका थिएनन् दजाकोट गाउँवासीले । यस्तो आगो वर्षेनी लाग्थ्यो, निभ्थ्यो । तर शनिबार एक्कासी चलेको बताससंगै आगो गाउँमा छिर्यो र हेर्दाहेर्दै, गाउँनै लगभग ध्वस्त भयो, जुन ागलागी अझैं पूर्ण रुपमा नियन्त्रणमा आउन सकेको छैन । दजाकोट गाउँ अर्थात गुल्मी बडागाउँ–१ मा रहेको जनजातीहरुको वाक्लो वस्ती । लाहुरेहरु र वैदेशिक रोजगारमा रहेकाहरुले बनाएका अग्ला र सुन्दर घर गोठहरु यति वेला भत्केका ठाँटी पौवा जस्तै बनेका छन् । नम्वर १ र २ को माझागाउँमा ४५ वटा भन्दा बढि घर गोठहरु जलेर नष्ट भएको स्थानियवासी बताए । ‘कुनै मानविय क्षति नभए पनि सयौंको संख्यामा गाई भैसी, वाख्राहरु जलेर दुर्गन्धित भएको छ ’–त्यहाँका समाज सेवी हरिप्रसाद छन्त्याल भन्छन्–‘ अहिले त ज्यान जोगाईयो अव हैजा आएर ज्यान जान्छन कि भन्ने डर छ । ’ उनले थपे– ‘ आगोबाट बच्न भाग्दै छौं, आगाको ज्वाला दन्केकोले गाउँ छिर्न सक्ने अवस्था छैन् , त्यसलै घरधनीहरुको नाम टिप्न सकिदैन तर आम्रा आँखा अगाडी ४५ वटा जति घर जलिरहेका छन् ।’ माथी वडा नम्वर –२ को माझा गाउँमा पनि १० वटा घर , १० वटा गोठ २१ वटा भैसी जलेर नष्ट भएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले बताए । तर त्यहाँका समाज सेवी केशर बिकले भने त्यो भन्दा ठुलो सख्यामा चौपाँय र अन्य क्षति भएको बताएका छन् । उनले दिएको जानकारी अनुसार त्यसगाउँका टेकबहादुर बिक,सोमबहादुर दर्लामी, श्यामकला दराम्ले, मेघबहादुर दर्लामी, जमुना दर्लामी, धनबहादुर साकस, गोविन्द रेश्मी, ज्ञानबहादुर दर्लामी, ओमकाला दर्लामीको घर गोठ जलेर नष्ट भएको छ । केहिको नाम खुल्न सकेको छैन् । बिक भन्छन्–‘ मानविय क्षति नभए पनि दुई करोड भन्दा वढिको क्षति भएको छ । चौपाँय ,अन्नपात , घरमा भएको नगद, महत्वपुर्ण कागज , कपडा लत्ता , भाँडाकुडा जलेर डल्लो परेका छन । उनले थपे–‘ यि अग्ला अग्ला घर र गोठहरुको हिसाब गर्ने हो भने यो टोलमा मात्रै दुई करोड बढि र तल दाजाकोटमा ८ देखि १० करोड भन्दा बढिको क्षति अनुमान गर्न सकिन्छ । ’ दाजाकोट गाउँको ख¥यान बडागाउँ गाविसमा सवै भन्दा बढि खर उत्पादन हुने र पहिल्लै देखि कहलाएको ख¥यान हो । स्थानियवासीले आफ्नो खर काटेर सकेका थिएनन् । मान्छे भन्दा अग्ला अग्ला सिरुका गाँज , त्यस्तै लामो खरबारीमा तल सिलाथुम, ढुङ्गेठाँटी हलेएठाँटी , लाँकुरे डाँडा र उता डाँडाथोक सामुदायिक वनमा अँस्ती देखि लागेको आगो आज दिउँसो ह्वात्तै पस्यो । समाज सेवी छन्त्याल भन्छन–‘ यति वेला यो गाउँमा माहविपत्ती आएको छ तर प्रहरी संग गुहार मागेको एक घण्टा भयो अहिले सम्म आएका छैनन् ।’ घटनास्थल सदरमुकाम तम्घासवाट उत्तर करिव ११ किलो मिटरको दुरीमा पर्दछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप