बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘आगोले डड्यो सुदूरपश्चिम’

शनिबार, १८ वैशाख २०७३, १४ : १२
शनिबार, १८ वैशाख २०७३
, डोटी–सुदूरपश्चिमका सबै जिल्लाका सामुदायिक तथा राष्ट्रिय बनमा आगलागी भएको छ । सो क्रम अझैं जारी छ। सुदूरपश्चिमाञ्चल क्षेत्रमा शुक्रबारसम्म ७२ हजार ९ सय ९० हेक्टर वनजंगल क्षेत्रमा आगलागि भएको सुदुरपश्चिम क्षेत्रीय वन निर्देनालय धनगढीले जानकारी दिएको छ । आगलागीले दैनिक २ देखी ३ हजार हेक्टर जंगलमा फैलने गरेको सुदुरपश्चिम क्षेत्रीय वन निर्देनालय धनगढीका निमित्त प्रमुख रमेश चन्दले जानकारी दिए । आगलागिका कारण कैलालीमा ४० हजार हेक्टर , दार्चुलामा ६ हेक्टर, बझाङ्गमा १ सय ७५ हेक्टर, कञ्चनपुरमा ९ हजार ५ सय ७० हेक्टर, अछाममा ३ हजार ३ सय ४२ हेक्टर, डोटीमा ३ हजार १ सय ३० हेक्टर, डडेल्धुरामा ८ हजार ४० हेक्टर, वैतडीमा १ हजार ५ सय हेक्टर, बाजुरामा २ सय ९० हेक्टर ,अछाममा ३ हजार ३ सय ४२ हेक्टर जंगलक्षेत्र पुर्णरुपमा नष्ट भएको क्षेत्रीय वन निर्देनालय धनगढीका रेन्जर लोकराज दाहालले जानकारी दिए । कन्ंचनपुरमा रहेको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा ६ हजार ८ सय ५४ हेक्टर, दार्चुलामा रहेको अपिनम्पा संरक्षित क्षेत्रमा ८३ हेक्टर र खप्पड राष्ट्रिय निकुञ्जमा ६ हेक्टर वन क्षेत्रमा आगलागि भएको भएको छ । आगलागीका कारण साना शतप्रतिशत बिरुवा नष्ट भएको निमित्त क्षेत्रिय बन निर्देशक चन्दले बताए । चन्दले भने “ साना बोटबिरुवा पुर्ण नष्ट भएका छन, पंक्षिहरुको पनि पुस्ता सखाप भयो र घिस्रने जनाबरको पनि मृत्यु भयो । ” प्रबिधि अभाबका कारण आगलागी नियन्त्रणका लागी प्रभाबकारी भूमिका खेल्न नसकिएको चन्दको भनाई छ । उनले भने “ हामीले सामान्य प्र¥यास भन्दा धेरै केही गर्न सकेका छैनौँ, केही ठाउँमा सुरक्षा निकाए, उपभोक्ताले नियन्त्रणका लागी काम गरेको भए पनि धेरै प्रभाकारी काम गर्न सकिएको छैन ।” डोटी जिल्लाका बनहरुमा फैलिएको आगो निभाउने प्रयास गरिपनि आगो नियन्त्रणमा आउन नसकेको जिल्ला बन कार्यालय डोटीका जिल्ला बन अधिकृत बद्रिकुमार कार्कीले बताए । कार्कीले भने ‘पानी नपरेकाले पुरै जंगल सुख्खा छ,आगो निभाउने भरपुर प्रयास भएपनि सकिएको छैन्, जंगल सखाप हुदैछ ।’ सामुदायिक र कबुलियती वनमा लामो समयपछि आगो लाग्दा साना बुट्यान र बिरुवा सखाप भएको गड्सेरा स्थित मसानी सामुदायिक बन गडसेराकी कोषाअध्यक्ष दुर्गादेबी विष्टले बताए । बिष्टले भनिन् ‘आगोले साना बुट्यान र बिरुवाहरु सखाप पारेको छ ,नयाँ बिरुवा उम्रीन लामो समय पर्खिनु पर्ने अवस्था देखिदै छ ।’ बैतडीमा प्रहरीको अभियान आगलागिका घटना न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय बैतडीले सचेतनामूलक कार्यक्रम संचालनमा गरेको छ । आगलागिका कारण हुने जनधनको क्षतिको न्यूनीकरणका लागी अभियान संचालन गरिएको हो जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीको टोलीले जिल्लाका विभिन्न स्थानमा माइकिङ गरिरहेको छ । यसका साथै जिल्लामा रहेका प्रहरीका सबै इकाइहरुले सचेतनामूलक कार्यक्रम संचालन गरीरहेको प्रहरी नायव निरीक्षक खेमराज पन्तले बताए । वन ऐन २०४९ अनुसार वनमा आगो लगाउनु अपराध भएकाले कसैले जानीजानी वनमा आगो लगाएमा कानुनी कारवाही गरिने भन्दै प्रहरी अभियाननै संचालन गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप