बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

शिक्षकद्वारा यौन दुर्व्यवहार

शनिबार, १८ वैशाख २०७३, १४ : २२
शनिबार, १८ वैशाख २०७३
सल्यान – सल्यानमा एक शिक्षकले आफ्नै विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेका छन् । जनसेवा निम्न माध्यमिक विद्यालय चाँदे ४ सागिनेका शिक्षक सन्दीप खड्काले आफ्नै विद्यालयमा पढाउने विद्यार्थीमाथि यौन दुरव्यवहार गरेका हुन् । कक्षा ८ मा अध्ययनरत सीता (नाम परिवर्तन) लाई शुक्रबार साँझ घरमा कोही नभएको मौका छोपी शिक्षक खड्काले दुरव्यवहार गरेको पिडित बालिकाका आफन्तले जानकारी दिएका छन् । दुरव्यवहार गर्ने शिक्षक खड्कालाई पिडितका आफन्तले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय सल्लीबजारलाई बुझाएका थिए । पिडितका आफन्तले शनिबार खड्का विरुद्ध इलाका प्रहरी कार्यालय सल्लीबजारमा मुद्या दर्ता समेत गराएका छन् । दुरव्यवहार गर्ने शिक्षकलाई जिल्ला चलान गरिएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप