गोरखा सेवा समाज यूएइको शुभकामना तथा बनभोज कार्यक्रम सम्पन्न
शनिबार, १८ वैशाख २०७३, १४ : २५
युएई- गोरखा सेवा समाज यूएईले नयाँ बर्ष ०७३ को आगमन सँगै शुभ कामना आदान प्रदान तथा बृहत बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।
गत शुक्रबार दुबईको जेबील पार्कमा संस्थाका अध्यक्ष बिनोद श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त शुभकामना तथा बनभोज कार्यक्रममा गोर्खाली तथा गैह् गोर्खालीहरू बिच एक अापसमा शुभकामना साटासाट गरेका थिए।
उक्त कार्यक्रमको प्रमुख अथिती संस्थाका संरक्षक उत्तम अधिकारी,बिषेश अथिति क्रमश: नेपाली समाज यूएईका अध्यक्ष तथा समाजसेवी सि.पी सापकोटा ,एनअारएन युएईका अध्यक्ष सुदिप कार्की रहेका थिए।
यसै गरी अथितिहरूमा बिजनेस काउन्सिल युएईका कोषाध्यक्ष एकेन्द्र थापा,एनअारएन युएईका उपाध्यक्ष रमेश श्रेष्ठ,पत्रकार महासघ युएईका पार्सद सदस्य भुपराज बस्याल,मितेरी समाज युएईमा संरक्षक प्रेम रिजाल समाजसेवी सालिक सुबेदी लगायत युएईमा रहेका सम्पुर्ण जिल्लाका संघ सस्थाका प्रमुख तथा प्रतिनिधि तथा यूएई भरी छरिएर रहेका गोरखा जिल्ला बासिको तथा गैह् गोर्खालीहरूको बाक्लो उपस्थिति रहेको थियो।
बैदेशिक रोजगारको निम्ति युएईमा रहेका सम्पर्ण गोर्खालि दाजुभाई तथा दिदि बहिनिहरूलाई समेट्दै प्रवासमा जिल्ला बासीहरूको पिर मर्का एवं जिल्लाको ऐतिहासिक पहिचानको निम्ति केही गर्न सकिन्छ ? कि भन्ने उदेश्यले स्थापना भएको यो विशुद्द सामाजिक संस्था गोरखा सेवा समाज यूएईले हरेक बर्ष जस्तै यो बर्ष पनि कार्यक्रम अायोजना गरेको हो।युएईमा एक भिन्न पहिचान राख्न सफल यस गोरखा सेवा समाज बिबिदत रूपमा यो बर्ष जिल्ला कार्यालय गोरखामा दर्ता गरी सकेको छ।
कार्य्रकाम संस्थाका संलाहकार गोबिन्द ढकालले संचालन गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
-
वर्षापछि माइतीघर जलमग्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण