बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गल्फ आयलको बितरकमा नेपाल अटो ट्रेड नियुक्त

शनिबार, १८ वैशाख २०७३, १४ : २८
शनिबार, १८ वैशाख २०७३
ललितपुर – गल्फ लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक बितरक नेपाल ल्युब आयल लिमिटेडले ललितपुर जिल्लाका लागि नेपाल अटो ट्रेड प्रालिलाई बितरकको रुपमा नियुक्त गरेको छ । शुक्रबार एक कार्यक्रमका बीच नेपाल ल्युब आयलका डाइरेक्टर करण चौधरीले नेपाल अटो ट्रेडका संचालक रामप्रसाद कँडेललाई बितरकको रुपमा नियुक्त गरको घोषणा गरेका छन् । ल्युब आयलका डाइरेक्टर करन चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल ल्युब आयलका डीजीएम गंगाराज भट्टराई (प्रकाश), नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका महासचिव ठाकुरप्रसाद न्यौपाने र काठमाडौं उत्तर पूर्वी भेगमा गल्फ आयलको बितरक एभ ट्रेडिङका म्यानेजिङ डाइरेक्टर मधुसूदन सिग्देल लगायतले नेपाल अटो ट्रेडलाई सफलताको शुभकामना प्रदान गरेका थिए । नेपाल ल्युब आयलका मार्केटिङ चिफ ऋतुक शलभले गल्फ आयलको उत्पादन र यसको प्राविधिक पक्षका बारेमा विस्तृत जानकारी प्रदान गरेका थिए । सो अवसरमा नेपाल अटो ट्रेड प्रालिका संचालक रामप्रसाद कँडेलले गल्फ लुब्रिकेन्ट्स र नेपाल ल्युब आयल जस्ता प्रतिष्ठित कम्पनीसँग जोडिन पाएकोमा खुसी ब्यक्त गर्दैै आगामी दिनमा यो क्षेत्रमा गुणस्तरीय लुब्रिकेन्ट्स उपलब्ध गराउनका लागि मेहनत गर्ने बताए । उक्त अवसरमा ललितपुरका विभिन्न अटो मेकानिक्स व्यवसायीहरुको उपस्थिति थियो । विश्वका सय भन्दा बढी देशमा गल्फ लुब्रिकेन्ट्स प्रयोग भइरहेको छ । विश्वका ५० भन्दा बढी देशका ७ सय बन्दरगाहमा गल्फ आयल म्यारिनले कार्य गरिरहेका छन् । गल्फ आयल इन्टरनेसनलले अटोमोटिभ बाहेक इन्डष्ट्रियल, म्यारिन र अन्य स्पेसियालिटिजका क्षेत्रमा उपयोगी लुब्रिकेन्ट्स उत्पादन गरिरहेको छ । यो बाहेक फ्युल रिटेलको रुपमा समेत कम्पनीले कार्य गरिरहेको छ । एसियाको चीन, भारत, नेपाल, फिलिपिन्स, युएई र साउदी अरेबियामा, युरोपको नेदरल्यान्ड्स र इटालीमा तथा ल्याटिन अमेरिकाको अर्जे्न्टिना, कोलम्बिया, इक्वेडोर, मेक्सिको, पेरु र भेनेज्वेलामा ल्युब ब्लेन्डिङ हब स्थापना गरिएका छन् । कम्पनीले १२ देश र तिनमा पनि मूख्य गरी युरोपका देशमा फ्युल रिटेलिङ गरिरहेको छ र अन्य स्थानमा समेत यसको सम्भावनाको वारेमा अध्ययन गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप