दिलमायाले पाइन् ९६ वर्षमा नागरिकता
शनिबार, १८ वैशाख २०७३, १४ : ३८
भोजपुर– भोजपुर होम्ताङ–७ कि दिलमाया राईले ९६ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेकी छन् ।
भोजपुर जिल्लाको दक्षिणी गाविस घोडेटार बजारमा भएको एकीकृत घुम्ती सेवा शिविरमा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले ९६ वर्षीया दिलमाया राईलाई नेपाली नागरिकता प्रदान गरेका हुन् ।
शिविरमा नागरिकता वितरणसँगै अपाङ्गता परिचयपत्र वितरण, फोटोसहितको मतादाता नामावली सङ्कलन, स्वास्थ्य शिविरलगायत विषयगत कार्यालयको सेवा सञ्चालनमा रहेको छ ।
शिविरमा स्वास्थ्य, वन, कृषि, पशुसेवा, महिला विकास, नेपाली सेना, राष्ट्रिय वाणिज्य बैकलगायतका कार्यालयको सेवा प्रवाह भएकोे प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण