चर्को घाम र तातो हावाले तरकारी प्रभावित
शनिबार, १८ वैशाख २०७३, १४ : ४४
नेपालगन्ज- चर्को घाम र तातो हावा (लु) ले बाँके जिल्लाको व्यावसायिक तरकारीखेती प्रभावित भएको छ । गर्मी महिना सुरु भएदेखि यस जिल्लामा पानी नपरेपछि चर्को घामबाट खेतमा लगाइएको तरकारी जोगाउन किसानलाई अहिले हम्मेहम्मे परेको छ ।
व्यावसायिक खेतीका लागि आप्mनो महत्वपूर्ण पहिचान बनाएको हिरमिनिया गाविसका किसान रामसुरत यादवले विद्युत्भार कटौतीका कारण खेतमा लगाइएको तरकारीमा सिँचाइ गर्न नपाएको दुःखेसो पोख्नुभयो ।
खोला र नदी छेउका ग्रामीण बस्तीका किसानले तरकारीमा सिँचाइ पु¥याउन सके पनि अत्यन्त चर्को घाम र तातो हावाका कारण सोचे जस्तो उत्पादन नहुने उनीहरु बताउँछन् ।
“बिहान सिँचाइ गरेको जमिन चर्को गर्मीले साँझ सुकिसक्छ”–सीतापुरका किसान गेहेन्द्र धितालको थप भनाइ थियोे, “लगानी अनुसारको प्रतिफल नपाइने हो किभन्ने पिरलोले सताउन थालेको छ ।”
सिँचाइ गर्न खोज्दा मोटरले पानी नै तान्न छाड्यो, बागेश्वरी मनकामनापुरका व्यावसायिक तरकारीखेती गर्ने अर्का किसान काशीराम कँडेलको दुःखेसो थियो ।
जिल्लामा व्यावसायिक रुपमा खेती किसानी गर्ने किसानलाई पानी नपर्दा ठूलो समस्या पारेको जिल्ला कृषि विकास कार्यालय बाँकेका कृषिप्रसार अधिकृत धनबहादुर पुनले बताउनुभयो ।
नेपालको सबैभन्दा अधिक गर्मी हुने स्थान भनेर चिनिने नेपालगन्जमा चैतको दोस्रो सातादेखि अत्यन्त चर्को घाम र तातो हावा (लु) को प्रभावले यहाँको जनजीवन प्रभावित बनाएको छ ।
यहाँस्थित मौसम विभागको कार्यालयका अनुसार, नेपालगन्जको अधिकतम तापक्रम ४२ डिग्री सेल्सियस भन्दा बढी रेकर्ड गरिएको छ । यहाँको अधिकतम तापक्रम अभैm बढने अनुमान गरिएको छ ।
गर्मी महिना सुरु भएयता नेपालगन्जमा पानी नपर्नाले पनि आम नागरिकले चर्को घाम र तातो हावाको नियति भोग्नु परेको हो । चर्को घाम र तातो हावासँगै गर्मी बढेपछि यहाँस्थित सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति समेत पातलिएको छ भने बजारमा चिसो पेय तथा खाद्य पदार्थको बिक्री बढेको पाइन्छ ।
गर्मीका कारण घाउखटिरा, आउँमासी, टायफाइट ज्वरो, झाडापखालालगायत सरुवा रोगका बिरामीको चाप पनि स्थानीय अस्पताल तथा स्वास्थ्य संस्थामा बढन थालेको चिकित्सक बताउँछन् ।
यहाँका अस्पताल, शिक्षण संस्था तथा स्वास्थ्य केन्द्रमा गर्मी मौसममा लाग्ने विभिन्न रोगका बिरामीको चाप पनि दिन प्रतिदिन बढदै गएको छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेकपाको समर्थनमा कांग्रेसका जीवनबहादुर शाही दोस्रो पटक मुख्यमन्त्री बन्दै
-
नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित नाबिस २०२६ को घोषणा
-
न्यायपरिषद्ले गर्यो उच्च र जिल्ला अदालतका न्यायाधीशको सरुवा सिफारिस (सूची)
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण