दूध बेचेर आकर्षक आम्दानी
म्याग्दी– म्याग्दीको बरङ्जा–७ आर्बुलीका कृषक रेशम बुढाथोकीले दैनिक नौ लिटर दूध बिक्री गर्छन्। चार वर्ष अगाडि बरङ्जाको खर्क गाउँमा स्थापना भएको दूध सङ्कलन केन्द्रमा बुढाथोकीले मासिक रु १२ हजारको दूध बिक्री गर्दै आएका छन् । दुई वटा स्थानीय जातको भैँसी पालेका बुढाथोकीले गाउँमा दुग्ध सङ्कलन केन्द्र स्थापना भएपछि आफूहरुका लागि आयआर्जनको गतिलो माध्यम बनेको बताउँछन् ।
यहाँका भँैसीपालक कृषकहरुले अहिले बरङ्जा–३ मा रहेका दुग्ध सङ्कलन केन्द्रमा प्रतिलिटर रु ५० मा दूध बिक्री गर्दै आएका छन् । सडकको पहुँच पुगेपछि गाउँमा उत्पादन भएको दूध सजिलैसंग बजारमा निर्यात हुन थालेपछि कृषकहरु उत्साहित बनेका छन् । अहिले दुग्ध केन्द्रमा संकलन भएको दूधलाई सदरमुकाम बेनीमा निर्यात हुँदै आएको छ ।
तीनवटा मोटरसाइकलमार्फत हरेक दिन सङ्कलन केन्द्रमा जम्मा हुने दूध बेनीमा ल्याएर बिक्री गरिँदै आएको समितिका अध्यक्ष भबिलाल सापकोटाले बताए । “केन्द्रमा दैनिक १६० लि सम्म दूध सङ्कलन हुन्छ, अहिले तीस जना कृषकले केन्द्रमा दूध ल्याउँछन, केन्द्र स्थापना भएपछि कृषकहरुले गाउँमै आफूले उत्पादन गरेको दूध बिक्री गर्न पाएका छन्, यसले उनीहरुको आयआर्जनमा समेत टेवा पु¥याएको छ”– अध्यक्ष सापकोटाले भने । समूहका अध्यक्ष सापकोटाले समेत दैनिक १२ लि दूध केन्द्रमा बिक्री गर्दै आएका छन् । दुईवटा उन्नत र एकवटा स्थानीय जातको भैँसी पालेका सापकोटा गाउँमै दूध सङ्कलन गरी बजारमा निर्यात गर्न पाउँदा खुसी छन् । “पहिले घरमा उत्पादन हुने दूधबाट घ्यू बनाएर बिक्री गर्नुपथ्र्यो, दूध बिक्री हुँदैन थियो, भैँसी पालेर आयआर्जन गर्ने भन्ने कुरा कसैले सोचेकै थिएनन्, अहिले दैनिक रुपमा गाउँमै दूध सङ्कलन हुन थालेपछि भैँसीपालन गर्ने कृषकलाई आयआर्जनको बाटो खुलेको छ”– अध्यक्ष सापकोटाले भने ।
गत महिना केन्द्रबाट रु तीन लाख ११ हजार बराबरको चार हजार ६४३ लि दूध सङ्कलन भएको अध्यक्ष सापकोटाले बताए ।
चार वर्ष पहिले स्थानीय अगुवा कृष्णलाल सापकोटाको पहलमा स्थानीय कृषक मिलेर गाउँमा दुग्ध सङ्कलन केन्द्र सञ्चालन गरेका थिए ।
भैँसीपालनमा कृषक आकर्षित हुन थालेपछि यो वर्ष बरङ्जामा जिल्ला पशु सेवा कार्यालयले समेत व्यावसायिक भैँसीपालन कार्यक्रम सञ्चालन गरेको वरिष्ठ पशु चिकित्सक दयाराम चापागाईले बताए ।
कार्यक्रममार्फत कृषकलाई प्रजननयोग्य राँगा खरिद गर्न रु ६० हजार अनुदान उपलब्ध गराइएको र हिउँदे घाँस, परजीवी नियन्त्रणका लागि औषधि, खोप, तालिमलगायत सुविधा दिइने उनको भनाइ छ । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
-
वर्षापछि माइतीघर जलमग्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण