परिणाममुखी वार्ता खोजेका छौँ : मधेसकेन्द्रित नेता
काठमाडौँ– विभिन्न मधेसकेन्द्रित दलका नेताहरुले सरकारसँग आफूहरुले परिणाममुखी वार्ता चाहेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकारसँग मधेसी मोर्चाले परिणममुखी र उपलब्धिमूलक वार्ता चाहेको बताए । उनले भने, “सरकारले मोर्चालाई वार्तामा बोलाउने तर अल्झाउने काम गरेको छ, हामी निर्णायक वार्ता चाहन्छौँ ।”
नेता कर्णले मोर्चाले यही वैशाख १५ गतेदेखि दोस्रो चरणको आन्दोलन थालेको र सरकारले यसको सुनुवाइ नगरे देशभर आन्दोलनलाई चर्काइने चेतावनी दिए ।
उनले कमल थापाको संयोजकत्वको उच्चस्तरीय राजनीतिक समितिमा केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा गए मधेस केन्द्रित दल पनि जाने स्पष्ट पारे ।
सङ्घीय समाजवादी फोरम नेपालका नेता शिवजी यादवले सरकार भूकम्पको पुनःनिर्माणदेखि सरकार सञ्चालनमा असफल भएको आरोप लगाए । उनले भने, “भूकम्पपीडित जनताका लागि जुटाइएको पैसा हिनामिना गर्न सर्वदलीय बैठक बोलाएर सरकारले नाटक गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शेख हसिना स्वदेश फर्किने प्रयासमा, बंगलादेशी राजनीतिमा उथलपुथल ल्याउने संकेत
-
दीपक भट्ट र विष्णु पौडेलको सम्पत्ति शुद्धीकरण मुद्दामा कमलकिशोर र चुन्नुप्रसाद सरकारी साक्षी
-
४०० स्थानीय तहमा जग्गाको कित्ताकाट भोलिदेखि रोकिँदै
-
बागमतीमा एमालेका मन्त्रीहरुको राजीनामा रोकियो
-
प्लेन चढेर सरकारसँग वार्ता गर्न आउँदै मिटरब्याज पीडित
-
विष्णु पौडेलसहित केही व्यक्ति र कम्पनीविरुद्ध अदालतमा अभियोगपत्र दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण