इपिएस कोरियाको लागि आवेदक बढे
काठमाडौँ– दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली इपिएस भाषा परीक्षामार्फत यस वर्ष नेपाली कामदार लैजाने कोटा घटाए पनि दरखास्त दिनको सङ्ख्या भने उल्लेखनीय रुपमा बढेको छ ।
सन् २०१७ का लागि सातौँ भाषा परीक्षाका तय गरिएको अवधि बुधबारदेखि शनिबारसम्मको अवधिमा ६० हजार ६७८ जनाले दरखास्त दिएको इपएिस कोरिया शाखाले जनाएको छ । तीमध्ये उपत्यकाभित्रबाट ३१ हजार ४८८ र उपत्यका बाहिरबाट २९ हजार १९० जनाले आवेदन दिएका हुन् ।
यो वर्ष दरखास्त सङ्कलनका लागि उपत्यकामा पाँच स्थानसहित उपत्यका बाहिर बुटवल, पोखरा, धरान, जनकपुर र डडेल्धुरा गरी १० स्थानमा दरखास्त सङ्कलन केन्द्र तोकिएको थियो ।
यो वर्ष जम्मा तीन हजार १०० कामदार भाषा परीक्षामार्फत उत्तीर्ण गराइने इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले जाकनारी दिए ।
गत वर्ष आठ हजार ४९० जना परीक्षार्थी उत्तीर्ण भएकामा यसवर्षभन्दा कम ५१ हजार ४९९ले मात्रै दरखास्त दिएका थिए ।
पोखरा दरखास्त केन्द्रबाट दरखास्त दिएकाहरुका लागि पोखरामा नै परीक्षा दिन पाउनेछन् भने अन्य परीक्षार्थीले राजधानीबाट परीक्षा दिनुपर्नेछ ।
यस वर्ष अनलाइन माध्यमबाट फारम भर्ने व्यवस्था मिलाउने गृहकार्य गरिए पनि तयारी नपुगेपछि स्थगित गरिएको थियो ।
नेपाली युवाका लागि आकर्षक गन्तव्यका रूपमा चिनिएको कोरियामा हालसम्म ३५ हजार ८०० परीक्षा उत्तीर्ण गरी रोजगारीमा संलग्न छन् । यसवर्ष मेसिनले पढ्ने राहदानी एमआरपी भएकाले मात्रै आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।
कुल २०० पूर्णाङ्कको प्रश्नपत्र कोरियाबाटै तयार भएर आउने र उत्तरपुस्तिका समेत एचआरडी कोरियाले नै जाँच्ने गरेको छ ।
कोरियाले विगतमा जस्तै यसपटक पनि उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा कामदार लैजाँदैछ । निर्देशक बाँस्तोलाले निर्माण क्षेत्रमा समेत नेपाली कामदार लैजान कोरियालाई आग्रह गरिएको जानकारी दिनुभयो ।
परीक्षार्थीले दरखास्तमा भरेको विवरणका आधारमा सम्बन्धित क्षेत्रमा छनोट हुनेछन् । तर भाषा परीक्षा उत्तीर्ण गर्दैमा कोरिया जाने सुनिश्चिता नहुने भएकाले दुई वर्षसम्म रोजगारदाताको मागअनुसार मात्र जान पाइने इपिएसले जनाएको छ ।
सन् २००७ मा नेपाल र कोरिया सरकारबीच इपिएस प्रणालीअन्तर्गत कामदार लिने सम्झौता भएको थियो । सम्झौतापछि सन् २००८ बाट नेपालमा भाषा परीक्षा सञ्चालन हुँदै आएको छ ।
निर्देशक बाँस्तोलाले नेपाली कामदारलाई कोरियाले उच्च प्राथमिकता राखेको बताए । कोरियाले नेपालसहित १६ मुलुकबाट कामदार लिँदै आएकामा तीमध्ये नेपालीलाई कोरियाका रोजगारदाताले दोस्रो उच्च प्राथमिकतामा राखेको उनले जानकारी दिए ।
विगतमा कामदार लिन पाँचौँ, छैटौँ स्थानको प्राथमिकतामा नेपालीलाई राख्ने गरेकामा नेपाली कामदारको इमान्दारिता र परिश्रम देखेर अहिले कोरियाले दोस्रो उच्च प्राथमिकतामा राखेको हो ।
अहिले दर्खास्त दिएकाहरुले आगामी असार ४ र ५ गते भाषा परीक्षामा सहभागी दिन पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा हाइड्रोजन गाडी सञ्चालनका लागि नीति तथा मापदण्ड बनाउन सरकारले माग्यो सुझाव
-
स्ट्रेट अफ होर्मुजमा चल्ने जहाजमा भारतीय नाविक नखटाउन भारत सरकारको निर्देशन
-
नेकपासँग बागमती सरकारबारे एमालेको ‘वाम गठबन्धन’ को प्रस्ताव
-
सुदूरपश्चिम सरकारलाई दीर्घकालीन महत्त्वका विषयमा निर्णय नगर्न नेकपाको सुझाव
-
सर्वोच्चको आदेशसँगै सम्पत्ति छानबिन आयोगका सबै कामकारबाही स्थगित
-
एमालेको सदस्यता नवीकरण करिब ४० प्रतिशत मात्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण