नेपालमा हाइड्रोजन गाडी सञ्चालनका लागि नीति तथा मापदण्ड बनाउन सरकारले माग्यो सुझाव
काठमाडौँ । नेपालमा हाइड्रोजनमा आधारित सवारी साधन सञ्चालनका लागि सरकारले आवश्यक तयारी थालेको छ ।
पूर्वाधार विकास मन्त्रालयले हाइड्रोजन गाडीको सुरक्षित, दिगो तथा प्रभावकारी विकास र सञ्चालनका लागि आवश्यक नीति, कानुन र मापदण्ड तय गर्न सरोकारवालाहरूसँग सुझाव मागेको हो ।
मन्त्रालयले एक सूचना जारी गर्दै विश्वविद्यालय, अनुसन्धान संस्था, व्यावसायिक निकाय, उद्योग, विकास साझेदार, अन्तर्राष्ट्रिय संस्था तथा सम्बद्ध पक्षलाई लिखित सुझाव दिन आह्वान गरेको छ । सरोकारवालाले आफ्नो अध्ययन, अनुसन्धान र अभ्यासका आधारमा आगामी साउन २० गतेसम्म मन्त्रालयको इमेल [email protected] वा [email protected] मार्फत सुझाव पठाउन सक्नेछन् ।
प्राप्त सुझावलाई मन्त्रालयले नीतिगत, कानुनी तथा प्राविधिक आधार तयार गर्न उपयोग गर्नेछ । विशेषगरी अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास, नियामक व्यवस्था, सुरक्षा मापदण्ड र जनशक्ति विकासका विषयमा केन्द्रित रहेर सुझाव दिन मन्त्रालयले अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'गण्डकीको मुख्यमन्त्रीमा हाम्रो दाबी रहन्छ'
-
सीप विकास कार्यक्रम निजी क्षेत्रको नेतृत्वमा सञ्चालन हुनुपर्छ: अध्यक्ष पाण्डे
-
कानुन मन्त्रालयले किन रोकिरहेको छ निजामती विधेयक ?
-
कर्णालीमा सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे कांग्रेसभित्र छलफल सुरु
-
नीतिगत परिमार्जनमा सरकारले हतारो गर्दा निजी क्षेत्र साक्षी मात्रै बन्यो : अध्यक्ष श्रेष्ठ
-
धान रोपिरहेका बेला चट्याङ पर्दा ७ महिला घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण