बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

सल्यानको छायाक्षेत्रमा भीषण आगलागी, ९ घर जलेर नष्ट

शनिबार, १८ वैशाख २०७३, १९ : ५०
शनिबार, १८ वैशाख २०७३

सल्यान–जिल्लाको छायाक्षेत्र–५ मा दिउँसो भीषण आगलागी भएको छ । आगलागी हुँदा ९ वटा घर जलेर नष्ट भएका छन ।

आगलागीबाट खिम बहादुर रावत, मोतीलाल रावत, झक्कु प्रशाद रावत, ज्ञान बहादुर बिष्ट, खेमराज रावत, नेत्र बहादुर रावत, तर्क बहादुर विष्ट, लाल बहादुर विष्ट र कृष्ण बहादुर थापाको घर जलेको प्रहरीले जानकारी दिएको छ ।

आगो अझैँ पनि नियन्त्रणमा आउन सकेको छैन । दिउँसो आगलागी भएका कारण मानवीय भने नभएको प्रहरीको भनाई रहेको छ । स्थानीयवासी र प्रहरीले आगलागी नियन्त्रणमा ल्याउन सकेका छेनन् । आगलागि हुँदा घरभित्र रहेको लत्ताकपडा, भाँडाकुडा, लगायत लाखौंको क्षति भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप