बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

जापानी राजदूत माएडाले भेटे परराष्ट्रमन्त्री खनाललाई

बिहीबार, ३२ असार २०८३, १४ : २०
बिहीबार, ३२ असार २०८३

सारांश

  • नेपालका लागि जापानका राजदूत माएडा तोरुले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्।
  • भेटमा नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने, जाइका अध्यक्षको नेपाल भ्रमणको तयारी र शिक्षा, ऊर्जा तथा जलविद्युत क्षेत्रमा जापानको सहयोगबारे छलफल भएको छ।
  • परराष्ट्रमन्त्री खनालले नेपालको विकासमा जापानको सहयोगका लागि धन्यवाद ज्ञापन गरे भने राजदूत माएडाले साझेदारी सुदृढ गर्न जापान प्रतिबद्ध रहेको बताए।

नेपालका लागि जापानका राजदूत माएडा तोरुले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्। भेटमा नेपाल–जापानबीचको आपसी हित तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार भेटका क्रममा दुई देशबीचको कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा कुराकानी हुनुका साथै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्षको आगामी नेपाल भ्रमणको तयारीबारे पनि छलफल भएको थियो। साथै, नेपालको शिक्षा, ऊर्जा र जलविद्युतजस्ता महत्त्वपूर्ण क्षेत्रमा जापान सरकारले गर्दै आएको विकास सहयोगलाई अझ प्रभावकारी रूपमा अघि बढाउने विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भएको मन्त्रालयले जनाएको छ।

भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालको सामाजिक–आर्थिक विकासमा जापानले पुर्‍याउँदै आएको निरन्तर सहयोगका लागि धन्यवाद ज्ञापन गरेका छन्। राजदूत माएडाले नेपाल–जापान साझेदारीलाई थप सुदृढ बनाउन जापान सधैं प्रतिबद्ध रहेको धारणा राखेका छन्।

यसैगरी, नेपालका लागि फ्रान्सकी राजदूत भर्जिनिया कोर्तेभलले परराष्ट्र सचिव अमृतबहादुर राईसँग बिदाइ भेट गरेकी छन्। आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कने तयारीमा रहेकी राजदूत कोर्तेभलले बिदाइका क्रममा परराष्ट्र सचिव राईसँग भेटवार्ता गरेकी हुन्।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप