बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

प्रचण्ड,वैद्य र विप्लवले दिए मजदुर दिवसको शुभकामना

आइतबार, १९ वैशाख २०७३, ०८ : १३
आइतबार, १९ वैशाख २०७३

काठमाडौं–एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले १२७ औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा आज शुभकामना सन्देश दिँदै श्रमिकहरुले संगठित रुपमा अजय शक्ति प्रदर्शन गरी आफ्नो अधिकार स्थापित गरेको यस महान ऐतिहासिक दिनका अवसरमा नेपाल र विश्वभरका तमा श्रमजिवी दिदीबहिनी तथा दाजुभाइलाई न्यानो अभिवादन व्यक्त गरेका छन् ।

नेपालमा कम्युनिष्ट क्रान्तिकारी एवम् मजदुरहरुले आफ्नो अधिकारका निमित्त संघर्ष र वलिदानका अनेकौं किर्तिमान कायम गरेका छन् । संघर्ष र वलिदानका किर्तिमानकै कारण आज नेपालमा ठूल्ठूला राजनैतिक परिवर्तनहरु भएका छन् । ती परिवर्तनसँग मजदुरहरुका कयौं हक अधिकार समेतलाई सम्बोधन गर्दै संविधानसभाबाट नयाँ संविधान बनेको छ । प्राप्त भएका यी उपलब्धिहरुको रक्षा गर्दै थप अधिकारका निमित्त संघर्ष गर्नु आज नेपालका मजदुर एवम् उत्पीडित जनताको कार्यभार बन्न गएको छ । विज्ञप्तिमा भनिएको छ, ‘संसारका मजदुर एक होऔं’ र ‘विद्रोह जनताको अधिकार हो’ भन्ने महान् नारा अन्तर्गत समाजवादका निमित्त निरन्तर क्रान्तिको दिशामा अगाडि बढ्ने संकल्प सुदृढ गर्नु नै ‘मे’ दिवस मनाउनुको मुख्य अर्थ हो । हाम्रो पार्टी यो महान् उद्देश्यका निमित्त हमेशा मजदुर वर्गको राजनैतिक अग्रदस्ताको भूमिका खेलिरहने प्रतिवद्धतासहित पुनः नेपाल र संसारका मजदुरहरुलाई बधाई शुभकामना व्यक्त गरेका छन् ।

आठ घण्टाको कार्यदिवससहित आफ्नो अधिकारका निमित्त अमेरिकाको शिकागो शहरका मजदुरहरुले गरेको संघर्षको दिन १ ‘मे’लाई विश्वभरका मजदुरहरुले ‘मे’ दिवसका रुपमा मनाउँदै आएका छन् ।

वैद्य माओवादीको शुभकामना मिति : २०७३-०१-१९ मजदुर दिवसको शुभकामना वक्तव्य आज विश्वभर र नेपालमा पनि मजदुरहरू र कम्युनिस्ट क्रान्तिकारीहरूले अन्तर्राष्ट्रिय मजदुर दिवसका रूपमा मई दिवस मनाइरहेका छन् । अमेरिकाको शिकागो सहरमा मजदुरहरूले आफ्ना हक, हितका लागि वीरता र बलिदानीपूर्वक सङ्घर्ष गर्दै ८ घण्टा कार्यदिवसको माग पूरा गराएका थिए । कम्युनिस्टहरूले यस दिवसलाई मजदुरहरूको उत्सवको रूपमा मनाउँदै आएका छन् । नेपालमा मजदुरहरूले २००४ सालदेखि नै आफ्ना हक, हित तथा अधिकार निम्ति निरन्तर सङ्घर्ष गर्दै आएका छन् । उनीहरूले अनेकौं जनआन्दोलन र महान् जनयुद्धमा आफ्नो अद्भूत पराक्रम र कीर्तिमान स्थापित गरेका छन् । परन्तु, अहिलेसम्म पनि उनीहरूका आधारभूत हक, हित र अधिकार प्राप्त हुन सकेका छैनन् । आज मजदुर आन्दोलनको हक, हित र गरिमालाई ध्वस्त पार्नका लागि दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्तवर्गीय पुरानो राज्यसत्ता र साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरूले ठूला षड्यन्त्र र कसरत गरिरहेका छन् । नेपालमा नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद तथा साम्यवादको दिशामा अगाडि बढेर नै मजदुरहरूको वास्तविक मुक्ति सम्भव छ । त्यस निम्ति सबैखाले प्रतिक्रियावाद र दक्षिणपन्थी संशोधनवादका विरुद्ध निर्मम सङ्घर्ष चलाउन जरुरी छ । हाम्रो पार्टी मजदुरको मुक्तिका निम्ति आफ्नो प्रतिबद्धता पुनः जाहेर गर्दै अन्तर्राष्ट्रिय मजदुर दिवसको यस ऐतिहासिक अवसरमा मजदुर वर्ग, उत्पीडित जनसमुदाय तथा कमरेडहरूमा हार्दिक शुभकामना तथा बधाई व्यक्त गर्दछ । संसारका मजदुर तथा उत्पीडित जनसमुदाय एक होऔं ! .... .... .... .... मोहन वैद्य ‘किरण’ अध्यक्ष मजदुर दिवसमा विप्लव माओवादीले जारी गरेको विज्ञप्ती प्रेश विज्ञप्ती १२७ औं गौरवपूर्ण अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सबै श्रमजीवीहरुमा हार्दिक बधाई तथा शुभ कामना व्यक्त गरिन्छ । श्रममाथिको शोषणका विरुद्ध गरिएको भीषण संघर्ष, मजदूरहरुको अद्वितीय त्याग, उच्च वलिदान र समर्पणका कारण औद्योगिक मजदूरले आजकै दिन अधिकारका संघर्षको घोषणा गरेका थिए । त्यसैले यो दिन मिहेनतकश जनताकालागि संघर्षको प्रतिक हो । प्रेरणाको श्रोत हो । दश वर्षे महान् जनयुद्धका क्रममा नेपाली श्रमजीवीहरुले ठूलो त्याग, समर्पण र वलिदानी गरेका छन् । उनीहरुकै संघर्षले नेपालमा राजतन्त्रको अन्त्य त भयो । तर नेपाली मिहेनतकश जनताले केही पनि पाएनन् । अहिले नेपालको राज्यमा दलालहरुको उपस्थिति छ । यो राज्यले दलाल पुँजीवादको पक्षपोषण गरेको छ । सबै खाले श्रम गर्नेहरुमाथि शोषण र उत्पीडनका रुपहरु अपनाएको छ । प्रत्येक वर्ष साँडे चार लाख युवाहरु श्रम गर्नका लागि तयार हुन्छन् । तर त्यसको १० प्रतिशतलाई पनि राज्यले रोजगारी दिन सकिराखेको छैन । परिणाम चालिस लाख भन्दा बढि दक्ष जनशक्ति विदेश पलायन भैराखेको छ । राज्यको श्रम बजार बढाउने कुनै योजना छैन । स्वदेशमा १ करोड १८ श्रम गर्न सक्ने जनशक्तिको केही रोजगार पाएका श्रमिकहरुलाई पनि उचित सुविधा दिइएको छैन । बिप्पा जस्ता श्रमिक विरोधी सम्झौताकाकारण मजदूरहरुको अधिकारकालागि गरिने आन्दोलनमा प्रतिबन्ध जस्तै लगाइएको छ । दलाल पुँजीवादले नेपाली राज्य सत्तामा गरेको अतिक्रमणले गर्दा यो राज्य सत्ताले “नो वर्क नो पे” र “हायर एण्ड फायर” को नीतिका कारण रोजगारी पाएका मजदूरहरुको पेशाको सुििनश्चितता छैन । साथै श्रमको उचित मूल्य पाएका छैनन् । आधारभूत सुविधाबाट पूर्ण रुपले बञ्चित हुनु परेको छ । नेपालका औद्योगिक मजदूर मात्र होइन, कृषि, वौद्धिक श्रमजीवीहरु पीडित छन् । त्यसैले सबै श्रमजीवीहरु एकजुट भएर संघर्ष गर्न जरुरी भैसकेको छ । अहिले देश सर्वाधिक संकटमा छ । भूकम्प गएको एक वर्ष भयो । भूकम्प पीडितको छानो, मानो र नानाको व्यवस्था छैन । भारतले लगाएको ५ महिने नाकाबन्दीबाट श्रृंखलाबद्ध शुरु भएको कालोबजारी, पेट्रोलियम पदार्थको अभाव कायमै छ । भ्रष्टाचारले आकास छोएको छ । महंगीले जनताको ढाड भाँचेको छ । जनयुद्ध र जनआन्दोलनबाट प्राप्त अधिकारहरु खोसिदैँ गइराखेका छन् । राष्ट्रियता चरम संकटमा छ । संविधान सभा मार्फत बनाइएको भनिएको संविधानले असफल र जनविरोधी संसदीय व्यवस्थालाई पुनसर््थापना गरेको छ । यस परिवेशमा संसदीय व्यवस्थाका विरुद्ध संघर्ष गर्नुको विकल्प छैन । जबसम्म यो संसदीय व्यवस्था रहन्छ, तबसम्म सबै खाले श्रमजीवी मान्छेले अधिकार पाउँदैनन् । राष्ट्रियता बच्दैन । दलाल पुँजीवाद र उसका नेपाली दलालहरुले नेपाल र नेपाली जनतामाथिको दोहनको अन्त्य हुँदैन । तसर्थ हाम्रो पार्टीले राष्ट्रियता, जनतन्त्र र जनजीवीकाका सवाललाई लिएर वैज्ञानिक समाजवादको आधारमा नयाँ जनवादी व्यवस्था स्थापनाका लागि संघर्ष गर्दै आएको छ । सम्पूर्ण देशभक्त, जनवादी, प्रगतिशि, बामपन्थी, किसान, मजदूर, बुद्धिजीवी, डक्टर, वकिल, शिक्षक, प्राध्यापकहरुमा हाम्रो संघर्षमा ऐक्यबद्धता, सहयोग, समर्थन गरिदिन अपिल गरिन्छ । आजको मे दिवसलाई यहि सन्दर्भमा बुझ्न जरुरी छ । विप्लव महासचिव

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप