बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

प्रचण्डको यस्तो गुनासो

आइतबार, १९ वैशाख २०७३, १० : ४६
आइतबार, १९ वैशाख २०७३

काठमाडौँ– एमाओवादी अध्यक्ष प्रचण्डले आफ्नो नाम लिँदा मिडियाले प्रचण्ड नामलाई हाईलाईट नगरेर ‘पुष्पकमल दाहाल’मात्र लेख्ने गरेको भन्दै गुनासो व्यक्त गरेका छन् ।

शनिवार बिहान प्रचण्ड निवास लाजिम्पाटबाट रेडियो कान्तिपुरसँगको लाइभ अन्तर्वार्तामा पूर्व प्रधानमन्त्री समेत रहेका उनले ‘प्रचण्ड’ नाम ओज सहितको गतिशील र प्रभावकारी लाग्ने हुनाले आफुलाई प्रचण्ड भन्दा र लेख्दा खुशी लाग्ने बताए।

प्रचण्डले पत्नी सीता दाहाल सवै भन्दा नजीकको साथी भएको र विवाहको ५० वर्ष भएको र एक पटक पुनः विवाह गर्ने रिती भएकोले के गर्ने भन्दै ठट्टा समेत गर्न भ्याए ।

अन्तर्वार्ताको क्रममा उनले पुर्व राष्ट्रपति रामवरण यादवले एक सार्वजनिक कार्यक्रममा ‘आफुलाई संबिधान जारी गर्न मन नभएको’ भन्दै दिएको अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै त्यो भनाईले उनको पुर्व राष्ट्रपतिको उचाई घटाएको तर्क गरे ।

प्रधानमन्त्रीको दौडमा आफू नभएको स्पष्ट पार्दै प्रचण्डले राष्ट्रिय सहमतिको पक्षमा भने एमाओवादी रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप