बलिउडकी चर्चित नायिका सोनाक्षी सिन्हा र मलाइका अरोडा नेपाल आउने
काठमाडौं–नेपालले भूकम्पको सामना गरेको पनि एक वर्ष पुरा भैसकेको छ । अझै पनि पुनर्निर्माणका कार्य जारी नै छन् तर पनि थुप्रै पिडित छन् जसले सहयोग पाएका छैनन् । यस्तैलाई सहयोग गर्न अमरपन्छी शो हुने भएको छ । शो मा बलिउडकी चर्चित एक्ट्रेस सोनाक्षी सिन्हा र मलाइका अरोडा नेपाल आउन लागेका हुन् । यी दुइले आफ्नो गीतमा नृत्य गर्नेछन ।
सोनाक्षी र मलाइकासँगै नेपालका चर्चित एक्ट्रेसहरु रेखा थापा, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, ऋचा शर्मा, सुष्मा कार्कीसँगै गायिका इन्दिरा जोशीले पनि आ–आफ्नो प्रस्तुति आउँदो मे १४ मा टुँडिखेलको मैदानमा देखाउने छन् ।
आफ्नो पछिल्लो हिट गीतहरुमा देखिने तयारी गरिरहेकी अभिनेत्री प्रियंका कार्की आफु निकै उत्साहित भईरहेको बताएकी छिन् । ‘हामीले धरै शो गरेका छौँ, तर यो शो किन विशेष छ भने यसले मनोरञ्जनसँगै सामाजिक कार्यमा समेत सहकार्य गरेको छ’ प्रियंकाले निकै उत्साहित हुँदै सुनाइन । साथै उनले शोलाई सफल बनाउन आग्रह समेत गरिन् । प्रियंकाले आफ्नो हिट गीतहरु सुर्केथैली खै, शिरैमा सिरबन्दी, कम्मरमाथि पटुकी, ब्लास्ट हुने वाला छ, मेरो नाम काली–काली लगायतका गीतमा नृत्य गर्नेछिन् ।
यसअघि मोहित चौहान नामक कन्सर्टको आयोजना गरिसकेको अल्पेनगलो इभेन्ट्स र सैनिक श्रीमतो संघले आयोजना गर्ने यस शोलाई अमरपन्छी भनेर नाम दिएको छ । झन्डै ६० हजार दर्शक एक्स्पेकट गरिएको यस शोबाट उठेको रकम मध्येको मुनाफा पुनर्निर्माणमा खर्च गर्ने बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
-
बहुदलीय जनवादको अगेनोमा रोटी सेक्ने र दाउरा बोक्नेबिचको द्वन्द्व
-
फरक-फरक स्थानमा तीन जना मृत अवस्थामा फेला, प्रहरीद्वारा अनुसन्धान सुरु
-
रास्वपामा वरीयता : निवर्तमान महामन्त्री बुर्लाकोटी १३औँ स्थानमा
-
सरकारले गर्यो ६ सचिवको सरुवा, अर्याल पुगिन् जगेडामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण