बिज्ञापनबाट ठगिँदै सर्वसाधारण : नियमन गर्ने निकाय खोइ ?
‘पोखरा निवासी एक युवतीको पोखरामै बस्ने एक युवकसँग गहिरो माया बस्यो । तर केहि समयपछि उक्त युवकले अरु कोहिसँग विवाह गर्न लागेको थाहा पाएपछि ती युवती चिन्तित बनिन् । आफूले मन पराएका युवकले अरुसँग विवाह गर्न लागेको थाहा पाएपछि उनले नेपालको एक चर्चित पत्रिकामा महँगो शुल्क तिरेर आफुले मन पराएका युवक र आफ्नो तस्विर राखी आफूहरुको विवाह भएको भन्दै अरु कसैको नामबाट शुभकामना छापाइन् । राष्ट्रिय दैनिकमा विवाहको उक्त शुभकामना छापिएपछि युवकका घर परिवारमा होहल्ला मच्चियो । सबैजना अलमल्लमा मात्र परेनन्, उनका आफन्त निकै चिन्तामा समेत परे । यस्तो हर्कत गर्ने युवतीमाथि प्रहरीमा उजुरी त पर्यो, तर विज्ञापन सम्बन्धि नियमन गर्ने निकाय नहुँदा प्रहरी आफैं के गर्ने भन्ने कुरामा अलमल्ल पर्यो ।’ ‘यस्तै अर्को घटना वुटवलमा घट्यो । ‘मृत्यु नै नभएका आफ्ना काकाको नाममा भतिजले समवेदना छापे । आफ्नो नाममा समवेदना छापिएको पाएपछि प्रहरीमा काकाले उजुरी गरे । तर कस्तो प्रकृतिको घटनासम्बन्धि कस्तो कानुन छ भनेर प्रहरीले बुझ्दा बिज्ञापन छापिएको कुरामा नियमन गर्ने निकायनै भेटिएन ।’ माथि उल्लेखित दुवै घटना गत बैशाख १४ मा सूचना तथा संचारसम्बन्धि उच्च स्तरीय मिडिया समितिको बैठकमा नेपाल विज्ञापन संघ (आन) का अध्यक्ष सन्तोष श्रेष्ठले सुनाएका प्रतिनिधि घटना हुन् । यी र यस्तै प्रकृतिका थुप्रै घटनाहरु नेपालमा थुप्रै हुने गरेका छन् । विज्ञापन सम्बन्धि नियमन गर्ने निकाय नहुँदा थुप्रै पात्रहरु पिडित बन्ने गरेका छन् । पत्रपत्रिकामा प्रकाशित बिज्ञापनको जिम्मेवारी कसले लिने भन्ने स्पष्ट मापदण्ड नहुनु र बिज्ञापनलाई नियमन गर्ने निकायनै नहुनुले नेपालको बिज्ञापन बजारमा विकृति देखिएको छ ।
[caption id="attachment_47663" align="alignright" width="840"] Photo by Barbara Weibe, http://holeinthedonut.com/[/caption] ज्याननै जोखिममा पार्ने बिज्ञापनको बाढी नेपालका केहि चर्चित पत्रिकाहरुमा यौन सतुष्टी दिने औषधि, हाइट बढाउने औषधि, तालुमा कपाल उमार्ने औषधि, वा जाँडरक्सी छुटाईदिने औषधि भन्दै विभिन्न खालका विज्ञापनहरु छापिने गरेका छन् । तर त्यस्ता औषधिहरु प्रयोग गर्दा हुने नकारात्मक प्रभावमा भने कोहि पनि जिम्मेवार हुँदैनन् । रातोपाटीसँग कुराकानी गर्दै डा. ऋषि सिग्देल भन्छन्, ‘यौन सन्तुष्टि दिने बहानामा बजारमा थुप्रै औषधिहरु पाइन्छन् । र ती औषधिसँग सम्बन्धित विज्ञापनहरु पनि उल्लेखीय रुपमा पत्रपत्रिकामा छापिने गरेका छन् । तर तीमध्ये अधिकांस औषधिले ‘साइड इफेक्ट’ गर्न सक्छ । यस्ता विज्ञापन कुनै परिक्षण वा मापदण्ड विपरित छाप्न दिनुनै गलत छ । ’ उनका अनुसार सबै औषधिले नकारात्मक प्रभाव नपारेपनि मानिसको ज्यानसँग खेलबाड गर्ने बिज्ञापन र औषधि दुबैमा लगाम लगाउन जरुरी छ । अहिले नेपालका सबैजसो चर्चित पत्रिकाले पाएसम्म यस्तो बिज्ञापन छाप्ने गरेका छन् । विज्ञापन एजेन्सी वा सिधै प्राप्त हुने यस्ता विज्ञापनहरुलाई नियमन गर्ने निकाय नहुँदा वा यस्ता विज्ञापन सम्बन्धि कुनै पनि मापदण्ड नहुँदा यस्ता विज्ञापनकै भरमा औषधि प्रयोग गर्ने र त्यसको नकारात्मक प्रभाव परेका वा पैसा सिध्याएका पिडितहरु बढिरहेका छन् ।रातोपाटीसँग कुराकानी गर्दै नयाँ बानेश्वरनिवासी सुमित खड्का भन्छन्, ‘एक महिनामै अंग्रेजी फरर भन्ने बिज्ञापन छापेर ठगी गर्नेहरु धेरै छन् ।’ अंग्रेजी विषय मेजर लिएर स्नातकोत्तर गरेका उनका अनुसार अंग्रेजी जान्दै नजान्नेहरुले कुनै पनि हालतमा दिनको एक वा डेढ घन्टाको कक्षाको भरमा एक महिनामा अंग्रेजी फरर बोल्न सक्दैनन् । ठुलै मिडियाहरुमा यसखाले विज्ञापन देखिनु गलत हो ।’
विज्ञापनमार्फत सपनाको व्यापार विज्ञापनलाई नियमन गर्ने निकाय नहुँदा थुप्रै संघसंस्थाहरुले सपनाको व्यापार गरिरहेका छन् । जान्दै नजान्नेलाई पनि एक महिनामै अंग्रेजी फरर बनाइने भनेर होस् वा ३ महिनामै कपाल उमारिदिने आश्वासन दिएर, सपनाको व्यापार गर्नेहरुले बिज्ञापनलाई प्रमुख माध्यम बनाइरहेका छन् । ३ महिनामै आधा वजन घटाउने आश्वासन होस् वा ३ हप्तामै कालो छालालाई गोरो बनाउने सपना । विज्ञापनमा जसले जे लेख्दा, बोल्दा वा देखाउँदा पनि त्यसलाई कसैले नियमन नगर्ने हुनाले त्यसखाले सपनाको व्यापारमा फसेका धेरै उदाहरणहरु छन् । रातोपाटीसँग कुराकानी गर्दै नयाँ बानेश्वरनिवासी सुमित खड्का भन्छन्, ‘एक महिनामै अंग्रेजी फरर भन्ने बिज्ञापन छापेर ठगी गर्नेहरु धेरै छन् ।’ अंग्रेजी विषय मेजर लिएर स्नातकोत्तर गरेका उनका अनुसार अंग्रेजी जान्दै नजान्नेहरुले कुनै पनि हालतमा दिनको एक वा डेढ घन्टाको कक्षाको भरमा एक महिनामा अंग्रेजी फरर बोल्न सक्दैनन् । ठुलै मिडियाहरुमा यसखाले विज्ञापन देखिनु गलत हो ।’ कर्पोरेट बिज्ञापनमै झुटको खेती नेपाली टेलिभिजन, रेडियो वा पत्रपत्रिकामा प्रकाशित र प्रशारित हुने बिज्ञापनमा समेत झुटको खेती गरेको पाइएको छ । बालबालिकाले कुनै उत्पादनको सेवन गर्दा ३ गुणाले उचाई बढ्ने बिज्ञापनदेखि ७ हप्तामा कालो छालालाई गोरो बनाउने विज्ञापनसम्म । कपाललाई केहि दिनको प्रयोगमा नै चायाँमुक्त बनाउनेदेखि कपाल झर्न रोक्ने विज्ञापनसम्म । धेरै विज्ञापनहरुले झूटको खेती गरेको सरोकारवालाहरुको गुनासो छ । रातोपाटीसँग कुराकानी गर्दै डा, अमन तिवारी भन्छन्, ‘कुनैपनि क्रिम प्रयोग गरेर कालो छालालाई ७ हप्तामा गोरो बनाउन सकिँदैन । तर विज्ञानको सिद्धान्तलाईनै लात मारेर बर्षौंदेखि यस्ता उत्पादनहरुको विज्ञापनहरु प्रकाशित र प्रशारित भइरहेका छन् । यता पौष्टिक तत्वका नाममा कुनै पनि उत्पादनले बालबालिकाको उंचाईनै तीन गुणासम्म नबढ्ने उनको दावी छ । उनी अगाडी भन्छन्, ’नेपाली टेलिभिजनमा प्रशारित विज्ञापनमा आधाभन्दा बढीले झुटको खेती गरिरहेका छन् ।’ कमाइको लोभमा पारेर विज्ञापनमार्फतनै ठगी ‘कर्मचारीको आवश्यकता, तलव २४००० र गाडीभाडा’ यस्ता विज्ञापनहरु दिनहुँजसो विभिन्न पत्रपत्रिकामा छापिने गरेका छन् । तर यस्ता विज्ञापनको लोभमा परेर कतिपयले आर्थिक नोक्सानी समेत व्यहोरेका छन् । यस्तै विज्ञापनको लोभमा परेकी काभ्रेकी पवित्रा थापा भन्छिन् गाडी भाड़ासहित महिनाको २४००० तलव भन्ने विज्ञापन देखेपछि म पनि पत्रिकामा दिइएको विज्ञापन हेरेर त्यहाँ भनिएको ठाउँमा पुगें । सुरुमा तालिम शुल्क भन्दै २००० लिइयो । पछी बुझ्दै जाँदा पोष्टकार्ड बनाउने काम दिए । उनीहरुले भनेजस्तै पोष्टकार्ड बनाउँदा दिनमा ४–५ वटासम्म बनाउन सकिने रहेछ । तर महिनामा २४००० पाउन त दिनमा त्यस्तो पोष्टकार्ड झन्डै २० वटा बनाउनुपर्ने रहेछ, जुन असम्भव प्राय थियो । पैसा कमाउनु त कहाँ को कहाँ उल्टो भएको २००० पनि सकियो ।’ यसरी कतै मैनबत्ती बनाउने, कतै पोष्टकार्ड बनाउने, कतै बजार व्यवस्थापन भन्दै आफ्ना सामानहरु बिक्रि गर्न लगाउने तर निकै गाह्रो र कतिपय अवस्थामा असम्भव कामको बोझ दिएर बेरोजगारहरुको श्रम शोषणदेखि ठगी गर्ने कार्य समेत भइरहेको छ । विज्ञापन मार्फतनै अपराधलाई प्रोत्साहन ‘अनलाइन जव’ सम्बन्धि कामका लागि भन्दै पनि थुप्रै विज्ञापनहरु विभिन्न पत्र पत्रिकामा छापिने गरेका छन् । तर यस्ता बिज्ञापन हेरेर सम्बन्धित ठाउँमा पुग्नेहरुलाई नेपालको कानुनले बन्देज गराइएका कामहरु समेत लगाइने गरेको छ । फेसबुकमा फेक आइडी बनाएर, कुनै पनि वेवसाइटमा अरुको चरित्र हत्या गर्ने , हुँदै नभएको घटनाको मनगणन्ते समाचार शेयर गर्ने र त्यसमार्फत गुगल एड वा यस्तै प्रकृतिका विज्ञापनबाट पैसा कमाउने खेतीमा लगाउने गरिएको पाइएको छ । यस्ता कामहरुलाई नेपालको कानुनले रोइक लगाएको छ । यता विभिन्न रेष्टुराँमा प्रयोग भएका वालवालिकाहरु पनि पत्रपत्रिकामा प्रकाशित भएका ’कर्मचारी चाहियो’ प्रकृतिका विज्ञापनहरुमार्फतनै सम्बन्धित ठाउँमा पुग्ने गरेको पाइएको छ । विज्ञापनमार्फत दलाली ’अडिट रिपोर्ट बनाउन, धितो फुकुवा गर्न सम्पर्क गर्नुहोस्’ लेखेका विज्ञापनहरु पनि पत्रपत्रिकामा छापिने गरेका छन् । यस्ता विज्ञापन छापेर दलाली गर्नेहरु निकै बढेका छन् । नेपालमा चार्टड एकाउन्टेन्टले सहि गर्नुपर्ने सिए रिपोर्ट बनाउने भन्दै विज्ञापन छाप्ने र यसमार्फत आएका ग्राहकहरुलाई सिएसँग कमिसन लिएर अडिट रिपोर्ट बनाइदिने ’दलाल’हरु पनि प्रशस्त छन् । नेपाल चार्टड एकाउन्टेन्ट्स संस्थाका एक सदश्य भन्छन्, ’यस्ता विज्ञापनहरुले समग्र लेखा व्यवसाय र हामी सिएहरुकै बेइज्जत गरेको छ ।’ सस्ता विज्ञापनका भरमा ग्राहक खोज्ने र कमिसन लिएर काम गर्ने प्रवृतिले निकै समस्या पारेको छ ।’ यता घरजग्गा, गाडी, मोटर साइकल, जस्ता सामानहरुको दलाली गर्नेहरुले समेत यस्ता विज्ञापनलाई हतियार बनाउने गरेका छन् । विज्ञापन मार्फतनै शैक्षिक बदमासी तपाईंले एमबिबिएस वा इन्जिनियरिङ प्रवेश परिक्षाको नतिजा आएका बेला नेपालका ठुला र चर्चित पत्रिकाहरु हेर्नुभएको छ ? यदी छ भने तपाईंले हेक्का राख्नुभएको हुन सक्छ, त्यहाँ प्रथम दोश्रो वा तेश्रो हुने विद्यार्थीको नाम दुवै इन्स्टिच्युटको विज्ञापनमा देखिन्छ । आफ्नो नाम नबताउने सर्तमा केहि बर्ष अघिको इन्जिनियरिङ प्रवेश परीक्षाका उत्कृष्ट विद्यार्थी भन्छन्, ‘मैले थापाथलीस्थित एक इन्स्टिच्युटमा प्रवेश परीक्षाको गरेको थिएँ । तर नतिजामा म प्रथम भएपछि अर्को एक इन्स्टिच्युटले पनि आफुलाई बधाई भन्दै पत्रिकामा छाप्ने र त्यसबापत मलाई राम्रो रकम दिने भएपछि मैले उक्त काम गर्न त्यो इन्स्टिच्युटलाई पनि स्वीकृति दिएँ । म पढेको इन्स्टिच्युटले पनि पहिला त्यस्तै गरेको रहेछ ।’ उनी अगाडी भन्छन्, ‘विद्यार्थीलाई यस विषयमा मतलव हुँदैन । भविष्य बनाउने चाहानाका साथ अगाडी बढेको बेलामा कसैले आर्थिक सहयोग गर्दा आदर्शको कुरा गर्ने कुरा पनि भएन । तर यसले समग्र पाठकहरुलाई जाने गलत सन्देशका बारेमा भने हेक्का राख्नुपर्छ । यस्तै केहि समयअघि पुतलीसडकस्थित सिए अध्यापन गराउने एक संस्थाले पनि आफूकहाँ पढ्दै नपढेको विद्यार्थीलाई बधाई छापेर पाठकहरुको आँखामा छारो हाल्ने प्रयास गरेको थियो । प्रमाण बिनै छापिन्छ संवेदनशील विज्ञापन नेपालका थुप्रै पत्रिकाहरुमा प्रमाणविना नै संवेदनशील विज्ञापनहरु छापिने गरेको पाइएको छ । समवेदना, विवाहको शुभकामना, सम्पर्क बाहिर गएका आफ्ना कर्मचारीहरुलाई सम्पर्कमा आउने सूचना लगायतका संवेदनशील प्रकृतिका विज्ञापनहरु पनि प्रमाण विनानै छापिने गरेको छ । नेपालका धेरै पत्रिकामा अहिले पनि समवेदना छाप्दा मृत्युदर्ताको प्रामाणपत्र वा मृत्युको प्रामाण पुग्ने कागजात मागिने नगरेको पाइएको छ । यस्ता कार्यले थुप्रैलाई पिडित बनाएको सरोकारवालाहरुको भनाइ छ । मापदण्ड नै नहुँदा समस्या स् विज्ञापन व्यवसायी यता विज्ञापन व्यवसायीहरु भने मापदण्डनै नहुँदा समस्या परेको बताउँछन् । विज्ञापनमा केके राख्न पाइन्छ, के राख्न पाइँदैन भन्ने मापदण्ड नहुँदा समस्या परेको र विज्ञापन बजारमा विकृति बढेको उनीहरुको भनाइ छ । कोटेश्वरमा विज्ञापन एजेन्सी चलाएर बसेका डीआर नेपाल भन्छन्, ’हामीलाई विज्ञापनसँग मतलव हुन्छ । नेपालमा कस्ता विज्ञापन राख्न पाइन्छ वा पाईदैन, वा विज्ञापनमा के के कुराहरु राख्न पाइन्छ भन्ने मापदण्ड नै छैन । कोहि विज्ञापन दाताले विज्ञापन छाप्नु पर्यो भनेर आउँछन् । हामीले पत्रिकामा पठाउँदा पत्रिकाले समेत नमिल्ने कुरा गर्दैन । कतिपय कुरा गलत हो भन्ने थाहा पाउँदापाउँदै पनि छापिन्छ ।’ उनका अनुसार नेपालमा विज्ञापन सम्बन्धि नियमन गर्ने निकाय आवश्यक भइसकेको छ । उनी अगाडी भन्छन्, ’नेपालमा विज्ञापन सम्बन्धि थुप्रै विकृतिहरु छन्, जसलाई समयमै नाचिरे भोलिका दिन असहज हुनसक्छ । के भन्छन् विज्ञ ? नेपाल सरकारका पूर्व सचीव एवं मिडिया कानूनका विज्ञ काशीराज दाहालले विज्ञापन बाजारमा आएको विकृति र विज्ञापन संघ लगायतका केहि संघ संस्थाको सुझावमा विज्ञापन सम्बन्धि नियमन निकाय गठन गर्नका लागि सुझाव सहितको प्रस्ताव लैजाने तयारी भइरहेको बताएका छन् । रातोपाटीसँग कुराकानी गर्दै उनले भने, ’अहिले पत्रपत्रिकामा प्राकाशीत सामाग्रीबारेका विविध उजुरीहरुलाई प्रेस काउन्सिल नेपालले हेरिरहेको छ । तर छुट्टै नियमक निकाय गठनका लागि हामीले प्रायस गरिरहेका छौं ।’ उनका अनुसार नेपाली विज्ञापन बजारमा विभिन्न खालका विकृति आएको र के छाप्न हुने नहुने भन्ने विषयमा स्पष्ट मापदण्ड नभएको हुनाले विज्ञापन सम्बन्धि छुट्टै नियमक निकाया गठनको तयारी भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
-
प्रसारण लाइन निर्माण गर्न चितवनतर्फ रुख कटान सुरु
-
अर्जेन्टिनासँगको हारपछि निराश केनले के भने ?
-
के मेस्सीले सकिदिएकै हुन् त ‘सर्वकालीन महान’को बहस ?
-
५ निकायलाई खाली राखेर ५ सचिवलाई राखियो जगेडामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण