शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

सरकार आत्मनिर्भतामा केन्द्रीत हुने ः दुई वर्षभित्र कृषिमा आत्मनिर्भर

आइतबार, २६ वैशाख २०७३, १८ : ४०
आइतबार, २६ वैशाख २०७३

काठमाडौं–सरकारले आगामी दुईवर्षभित्र कृषितर्फ मुख्य खाद्यबस्तुहरूमा आत्मनिर्भर हुने कार्यक्रम ल्याएको छ । आज सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले आधारभूतरूपमा दुई वर्षमै आत्मनिर्भर हुनेगरी सरकारले कृषिमा लगानी बढाउने र खाद्य सुरक्षा हासिल गर्ने कार्यक्रम सार्वजनिक गरको बताईन् । भुकम्प र नाकाबन्दीले नेपालको परनिर्भरता छर्लङ्ग पारेपछि सरकारका आत्मनिर्भताका कार्यक्रम ल्याएको छ । सरकार व्यापारिक सम्बन्ध र कारोवारलाई विविधीकरण गर्दै आधारभूत बस्तु र सेवामा आत्मनिर्भरतातर्फ अघि बढ्ने घोषणा गरको छ । भूकम्प र सीमा नाकामा भएको अवरोधले हाम्रो विकासको जोखिम र परनिर्भरता छर्लङ्ग पारिदिएको भन्दै आत्मनिर्भर।तातर्फ अगाडी बढ्ने कार्यक्रम अगाडी सारेको हो । नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले एकै मुलुकसँग अधिक केन्द्रित व्यापार, लगानी तथा आपूर्ति व्यवस्थाले ल्याउनसक्ने समस्याहरू मनन गर्दै आत्मनिर्भर उन्मुख बहुअन्तर्सम्बन्धयुक्त आर्थिक व्यवस्थातर्फ लाग्न यस घटनाले पाठ सिकाएको बताईन । ‘खासगरी खाद्य, औषधि र ऊर्जामा आत्मनिर्भर हुने बाटोबाट प्रस्थान गरी दिगो, स्वाधीन, आत्मनिर्भर र न्यायपूर्ण अर्थतन्त्र निर्माणतर्फ मुलुक अघि बढ्नेछ ।’ नीति तथा कार्यक्रममा उल्लेख छ । आधारभूत औषधि तथा स्वास्थ्योपचारका उपकरणहरूको उत्पादन बढाई औषधि उपचारमा आत्मनिर्भर हुने र स्वास्थ्य सुरक्षा कायम गर्न सरकारको प्रयास रहनेनेछ । पेट्रोलियम पदार्थको आपूर्तिमा एउटै स्रोतमाथिको निर्भरताले ऊर्जा आपूर्तिमा ल्याएको असुरक्षा व्यवस्थापन गर्न आपूर्तिको स्रोत विविधीकरण गर्नुका साथै नवीकरणीय ऊर्जाको उत्पादन बढाई आयात प्रतिस्थापन र ऊर्जा सुरक्षा कायम गरिने कार्यक्रम सरकारको छ । त्यसैगरी कृषि, पर्यटन, उद्योग तथा सेवाक्षेत्रको बिस्तारसँगै पुनर्निर्माण एवं नवनिर्माणमा रोजगारीका अवसरहरू सिर्जना गरिने र स्वदेशमा नै रोजगारी र स्वरोजगारीका पर्याप्त अवसर सिर्जना गरी रोजगारीका लागि वैदेशिक श्रम बजारमाथिको निर्भरता क्रमशः घटाउँदै लगिने सरकारको कार्यक्रम छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप