नेपाल पेट्रोलियम डिलर्स एसोसियसनमा प्रधान
काठमाडौ – नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसियसनको अध्यक्षमा लिलेन्द्र प्रसाद प्रधान बिजयी भएका छन् । कुल ३ सय ७२ मत मध्ये ३ सय ५९ मत खसेकोमा प्रधानले २ सय १६ मत ल्याई बिजयी भएका हुन् ।
एसोसियसनको ३९ औ साधारण सभा तथा १५ औ राष्ट्रिय सम्मेलनले प्रधानको नेत्रृत्वमा चुनावी प्रक्रियाबाट १९ जनाको नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा रघुनाथ प्रसाद शाह र द्वितिय उपाध्यक्षमा कपिल प्रसाद अधिकारी निर्वाचित भएका छन् । उनीहरुले क्रमशः १ सय ८१ र २ सय मत प्राप्त गरे ।
महासचिवमा विश्व प्रसाद अर्याल निर्वाचित भएका छन । उनले २ सय ३६ मत प्राप्त गरेका छन भने कोषाध्यक्ष चर्तुभुज सरियाले २ सय ३२ मत प्राप्त गरी बिजयी भएका हुन् । सचिवमा लय भण्डारी निविरोध निर्वाचित भए भने सह–सचिवमा टेकराज जोशीले २ सय ६ मत प्राप्त गरेका छन् ।
सदस्यहरुमा जनक तिमिल्सिना (१४९ मत ) बसन्त भुषाल (१५३ मत ), बनी धिताल (१५४), यसु प्रधान (१८०), अनिल कुमार सिंह (१८१),केदार मान सिंह (१८६),सुर्दशन कार्की (१८९), दुर्गा बहादुर बस्नेत (१९४), राजकुमार शाह (२०५), सुनिल कुमार गुरुङ (२२६) र हिमाल गैरले (२५६) मत प्राप्त गरी बिजयी भएका छन । शुक्रबार देखी सुरु भएको एसोसियसनको साधारणल सभाले नयाँ नेत्रृत्व चयन गरेपछि आइतबार सवै निर्वाचित पदाधिकारीले सफत ग्रहण गरे ।
प्रधानले पेट्रोलियम क्षेत्रमा देखिएको समस्या समाधान गरी सवै व्यवसायीको हक हितमा काम गर्ने बताए । एसोसियसन सवैको साझा संगठन भएकोले व्यवसायीलाई परेको समस्या समाधानलाई पहिलो प्राथामिकता दिने प्रतिबद्वता उनाले व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण