बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बिल गेटस् र एन्जेलिना जोली संसारमै मन पराइएका व्यक्ति

मङ्गलबार, २८ वैशाख २०७३, १३ : १९
मङ्गलबार, २८ वैशाख २०७३

काठमाडौं – माइक्रोसफ्टका संस्थापक बिल गेट्स र हलिउड अभिनेत्री एन्जेलिना जोली संसारै सबैभन्दा मन पराइने व्यक्तिको सूचिमा क्रमश पुरुष र महिलातर्फ पहिलो स्थानमा छन् ।

बेलायती पत्रिका द इन्डिपेन्डेन्टले सार्वजनिक गरेको सूचिमा पूरुषतर्फ दोस्रो स्थानमा अमेरिकी राष्टपति बाराक ओबामा, तेस्रो स्थानमा चीनियाँ राष्ट्रपति सी जिनपिंग, चौथो स्थानमा चीनियाँ अभिनेता ज्याकी चेन, पाँचौ स्थानमा स्टीफन हकिंग र छैटो स्थानमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन छन् । त्यस्तै, सातौ स्थानमा मार्क जुकरवर्ग र आठौ स्थानमा दलाई लामा छन् ।

यता महिलातर्फ एन्जेलिना जोली पहिलो स्थानमा छिन् भने बेलायती महारनी एलिजावेथ दोस्रो तथा अमेरिकाको राष्टपतिय निर्वाचनका कार्यक्रममा व्यस्त रहेकी नेतृ हिलारी क्लिन्टन तेस्रो नम्बरमा छिन् ।

महिलातर्फ ओपरा विन्फ्रे, मिशेल ओबामा र मलाला यूसुफजई क्रमश चौथो, पाँचौ र छैटौँ स्थानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप