१४ वर्षीया बालिकालाई यौन शोषण गर्दै आएका एक व्यक्ति पक्राउ
राजविराज - १४ वर्षीया एक बालिकालाई ललाइफकाइ यौनशोषण गर्दै आएका एक व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले आज जनाइएको छ । पक्राउ पर्नेमा जिल्लाको कञ्चनरुप नगरपालिका–२ बस्ने ३५ वर्षीय उपेन्द्रदास तत्मा रहेको प्रहरीले जनाएको छ । उनलाई सप्तरीको बक्दुवा–७ स्थित मोहलीबाट आफन्त पर्ने दुःखी दास तत्माको घरमा युवतीसँग अनैतिक कार्य गरिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरी निरीक्षक गौरव महतले बताउनुभयो । ती युवतीलाई तीन–चार दिनदेखि तत्माको घरमा राखेर अनैतिक कार्य गरेको प्रहरीको भनाइ छ । पीडित युवतीको परिवारले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा उजुरी दिएपछि कार्यालयबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका अधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ती बालिका चार–पाँच दिनदेखि घरबाटै बेपत्ता भएपछि उनको परिवारले प्रहरीमा जाहेरी दिएका थिए । पक्राउ परेका दासको विरुद्धमा जवर्जस्ती करणी उद्योग मुद्दा चलाइने प्रहरी निरीक्षक महतले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी समाचार प्रभावः विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
सुडानमा प्राकृतिक स्रोतको दोहनले गृहयुद्ध लम्ब्याइरहेको संयुक्त राष्ट्र सङ्घको निष्कर्ष
-
बङ्गलादेशमा जुन महिनामा ५९० दुर्घटना, ५१३ जनाको मृत्यु
-
प्रदेशमा सत्ता गठबन्धन फेरबदलः पुराना दलमा पुरानै रोग
-
भारत–नेपाल ऊर्जा सहकार्य थप मजबुत बनाइने
-
‘घरजग्गा व्यवसाय सुधार्न नीतिगत स्थिरता आवश्यक छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण