बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

हामीले सरकारी ढुकुटीमा १२९ अर्ब योगदान गरेका छौं : एनसेल

मङ्गलबार, २८ वैशाख २०७३, १९ : ५१
मङ्गलबार, २८ वैशाख २०७३

काठमाडांै – एनसेल प्रा. लि. (एनसेल) ले सरकारलाई विविध शुल्क, रोयल्टि र कर अन्र्तगत अहिले सम्म झण्डै रु १२९ अर्ब योगदान गरेको जनाएको छ । “बैशाख २२ गते सम्ममा, एनसेलले सरकारलाई कर, रोयल्टि तथा विभिन्न राजश्व शिर्षक अन्र्तगत रु १२८.६३ अर्ब योगदान गरेको छ । राज्यको ढुकुटीमा एनसेलले गरेको उल्लेखनिय योगदानले मलाई हौसला प्रदान गरेको छ । यो योगदानले सरकारलाई सडक, शैक्षिक तथा स्वास्थ सेवा सम्बन्धि पुर्वाधार विकास जस्ता महत्वपूर्ण क्षेत्र, जसले नेपाली जनतालाई निरन्तर लाभ प्रदान गर्नेछन् मा लगानी गर्न सघाएको छ,” एनसेलका प्रबन्ध निर्देशक साइमन पर्किन्स्ले भने । एनसेल नेपालको सबभन्दा ठूलो करदाता हो र आर्थिक वर्ष २०६९÷७० र २०७०÷७१ का लागि कम्पनीले सरकारबाट उत्कृष्ट करदाताको सम्मान पनि पाएको जनाएको छ । “आर्थिक वर्ष २०७१/७२ मा पनि हामीले सरकारलाई २८ अर्ब ६० करोड भन्दा बढी राजश्व तथा शुल्क बुझाएका छौं,” पर्किन्स्ले भने । “हामी यो ट्रेन्डलाई जारी गर्दै देशकै ठूलो करदाताको रुपमा आफ्नो अग्रता कायम राख्न चाहन्छौं ।” यो अग्रतालाई कायम राख्न र कम्पनीलाई थप उचार्इंमा पु¥याउन एनसेलले २०१६ को बाँकी अवधिमा करिब रु १२ अर्ब (अमेरिकी डलर १२ करोड) लगानी गर्ने घोषणा गरिसकेको छ । यो लगानी सेवा नपुगेका ग्रामिण र दुर्गम स्थानमा थ्रिजी सेवा विस्तार गर्न तथा सेवा पुगेका ठाँउमा गुणस्तरमा थप सुधार गर्नमा केन्द्रित रहने छ । कम्पनीले गरेको राजश्व योगदानमा थप प्रकाश पार्दै पर्किन्सले भने, एनसेलले यही वैशाख २२, २०७३ सम्म सरकारलाई अग्रिम कर वापत रु ३० अर्ब ६९ करोड, मूल्य अभिवृद्घि कर वापत रु ३९ अर्ब ६६ करोड, लाइसेन्स शुल्क अन्तर्गत रु ७ अर्ब भन्दा बढी, रोयल्टि स्वरुप रु ८ अर्ब ९५ करोड लगायतको राजश्व योगदान गरेको छ । साथै कम्पनीले ग्रामिण दुरसंचार विकास कोषमा पनि रु ४ अर्ब २० करोड योगदान पु¥याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप