बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

मच्छिन्द्रनाथको रथ तान्न शुरु : गाः बहाल पुराइयो

मङ्गलबार, २८ वैशाख २०७३, २० : ४९
मङ्गलबार, २८ वैशाख २०७३

ललितपुर - वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथलाई आज तानेर गाः बहाल पु¥याइएको गुठी संस्थानका कायममुकायम वैकुण्ठ आचार्यले बताए । उपत्यकामै लामो जात्राका रुपमा मानिने उक्त रथलाई आज एक दिन राखेर भोलि मङ्गलबजार पु¥याइने जनाइएको छ । इसापूर्व १४ सय वर्षअगाडि मच्छिन्द्रनाथ रथ जात्रा प्रारम्भ भएको इतिहासमा उल्लेख गरिएको छ । आफ्नो वेशभूषामा सजिएर स्थानीय नेवार समुदायले रथलाई तानेर गाः बहाल पु¥याइएको हो । उक्त जात्रा हेर्नका लागि उल्लेखनीय सङ्ख्यामा भक्तजनको ओइरो लागेको थियो । रथ निर्माण कार्य वैशाख १२ गते सुरु भएर २५ गते सम्पन्न भएको थियो । सोही दिन औँसी प्रतिपदाको दिन परेकाले मच्छिन्द्र्रनाथको मूर्तिलाई रथारोहन गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप