जापानमा दर्शक तताउँदै लोक गायक नवीन पौडेल
जापान–पछिल्लो चरणमा महोत्सबहरुमा रोजाईमा परेका लोक गायक नवीन पौडेलले जापानको टोकियोमा आयोजित ’म्युजिक मेला’मा दर्शक तताएका छन् । लोकप्रिय गीतहरुका गायक नबीनले गाउँदा दर्शक तर्फको माहौल हेर्न लायक थियो । दर्शकले नाच्दै हुटिङ गरिरहेका हुन्थे, गायक पौडेल दर्शक उचाल्न झनै हौसन्थे । बुध्द यहिँ जन्मे विश्वको नजर लुम्बिनी तिरै छ, कस्तुरी साथमा हुँदानी मन किन अस्थिर छ.. रास्ट्रभक्तिका साथ पौडेलका गीत र प्रस्तुतीले नेपालमै प्रसस्त संभावना रहेको भन्दै विदेशको कमाइ र सीपलाई देशको विकासमा लगाउन प्रेरणा दिएका हुन्थे । यहीँ स्वर्गद्वारी छन्, देउती बज्यै सलल.. कर्णाली आफनै देश्मा नङ्ग्रा खियाउने बसालौं प्रणाली...
गायक पौडेलले के सन्झनु छ र, जान्न मत त्यो घर.. गाउँदा दर्शक थामिएनन् । मञ्चमा चर्को हुटिङ चल्यो, गायक पौडेल दर्शक माझमै गएर आफू पनि नाचे, दर्शक पनि नचाए । नेपालसन्देश डटकमले तेस्रो बार्षिकोत्सव मनाउन मिडिया म्यासेजसँगको सहकार्यमा म्युजिक मेला गरेको थियो । उक्त कार्यक्रममा गायक सुगम पोख्रेलको प्रस्तुतिमा दर्शकले उस्तै आनन्द लिए । कलाकार सम्झना लामिछाने मगर, निर्णय एनएसकेलगायको प्रस्तुतीले म्युजिक मेलाका सयौं नेपाली दर्शक लोभ्याएको थियो। मिडिया म्यासेज प्रालिका अध्यक्ष रविन श्रेष्ठ र प्रवन्ध निर्देशक नविन निउरे लगायत आयोजकले नेपालबाट गएका कलाकारहरूलाई विमानस्थलमा स्वागत गरेका थिए । यो साता जापानका विभिन्न सहरमा कलाकार टोलीले नेपाली दर्शकमाझ सांगितिक प्रस्तुतिहरू पस्केका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : संसद्मा जाँदा विवादमा प्रधानमन्त्री, पुराना दलमा पुरानै रोग
-
उपराष्ट्रपति यादवद्वारा कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरण
-
सुदूरपश्चिम सरकारः अल्पमतमा शाह, सत्ताको चाबी नेकपाको हातमा
-
ठमेलबाट ‘वान एक्सबेट’ का दुई एजेन्ट पक्राउ
-
सबै प्रदेशमा जलन उपचार र मानसिक स्वास्थ्य सेवा सुदृढ गर्न निर्देशन
-
किसानको पसिना सस्तो, उपभोक्ता भान्छा महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण