दिल्लीको बुझाईमा बेइजिङले यसरी बचाएको थियो ओली सरकार
काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने नेपालको नाटकीय राजनीतिक घटनाक्रममा दुवै छिमेकी राष्ट्र मुछिएका छन् । नेपालमा ओली सरकारको विकल्प खोज्न भारतले चलखेल गरेको चर्चा कायमै रहदा भारतीयपक्षले बेइजिङ ओलीको बचाउमा लागेको आरोप लगाएको छ ।
भारतीय पत्रिका हिन्दुस्तान टाइम्समा प्रकाशित एक प्रचण्डले आफूलाई प्रधानमन्त्रीको दाबेदार प्रस्तुत गरेपछि चिनियाँ कुटनीतिज्ञले एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र एमाले उपाध्यक्ष बामदेव गौतमलाई भटेका थिए । त्यसपछि उनीहरुले नै ओली र प्रचण्डबीच समन्वय गर्ने भूमिका खेलेका थिए ।
दुई जनालाई भेटेकै साँझ दुई चिनियाँ कुटनीतिज्ञहरुले प्रचण्डलाई ओलीको निकट मानिएका व्यापारीको घरमा भेटेको दाबी गरिएको छ । यद्यपि, प्रचण्डले भने यो कुरा अस्वीकार गरेको झाले बताएका छन् ।
त्यस्तै माओवादीबाट सरकार परिवर्तनको खेल शुरु गर्ने आर्किटेक्ट मानिएका कृष्णबहादुर महाराले पनि त्यसको भोलिपल्ट बिहान ११ बजे चिनियाँ अधिकारीलाई भेटेको रिपोर्टमा छ । भेटमा महराले चिनियाँ अधिकारीलाई ओलीदेखि प्रचण्डमा नेतृत्व सार्दा ‘लेफ्टदेखि लेफ्टमै’ पावर सेयर हुने बताउँदै सरकार परिवर्तनमा कन्भिन्स गर्न खोजेका थिए । रिपोर्टमा जनाइए अनुसार महराले प्रचण्डले चिनियाँ चासोलाई सम्बोधन गर्नेसम्म प्रतिबद्धता सुनाएका थिए । ‘तर, चिनियाँ अधिकारीले महरालाई कुनै प्रतिबद्धता दिएनन्, कुरा सुने मात्र,’ रिपोर्टमा भनिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका दौराना गरेको ऐतिहासिक सम्झौताले भूमिका खेलेको बताइएको छ । ‘चीनसँग सम्झौता गरेपछि प्रधानमन्त्री टिक्दैनन् भन्ने सन्देश चीनले यसपटक दिन नचाहेको’ कुरा चीन निकट नेता भन्दै उद्धृत गरिएको छ ।
गोवा हुने ब्रिक्स सम्मेलनपछि आगामी अक्टोबरमा चिनियाँ राष्ट्रपति सि जिनपिङ नेपाल आउने समेत सम्भावना रहेको रिपोर्टमा उल्लेख छ ।
रिपोर्टमा भारतीय अधिकारीहरुले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई नियालिरहेको बताइएको छ । भारतीय अधिकारीलाई उद्धृत गर्दै चीनको हस्तक्षेपमाथि पनि भारतीय पक्षबाट अध्ययन भइरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : संसद्मा जाँदा विवादमा प्रधानमन्त्री, पुराना दलमा पुरानै रोग
-
उपराष्ट्रपति यादवद्वारा कतारी अमिरलाई राष्ट्रपतिको शोक पत्र हस्तान्तरण
-
सुदूरपश्चिम सरकारः अल्पमतमा शाह, सत्ताको चाबी नेकपाको हातमा
-
ठमेलबाट ‘वान एक्सबेट’ का दुई एजेन्ट पक्राउ
-
सबै प्रदेशमा जलन उपचार र मानसिक स्वास्थ्य सेवा सुदृढ गर्न निर्देशन
-
किसानको पसिना सस्तो, उपभोक्ता भान्छा महँगो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण