बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सबै माओवादीसँग एकता गर्ने एमाओवादीको औपचारिक निर्णय

बुधबार, २९ वैशाख २०७३, ११ : २८
बुधबार, २९ वैशाख २०७३

काठमाडौं– एमाओवादीले सबै माओवादीहरुसँग एकता गर्ने निर्णय गरेको छ । आज एमाओवादी अध्यक्ष प्रचण्ड निवास लाजिम्पाटमा बसेको स्थायी समिति बैठकले मोहन वैद्य, मातृका यादव र मणि थापालगायतका सबै माओवादीसँग एकता गर्ने निर्णय गरेको हो । ‘ मोहन वैद्य, मातृका यादव र मणि थापालगायतका सबै माओवादीसँग एकता गर्ने बैठककको निर्णय छ’, एमाओवादी स्थायी समति सदस्य जनार्दन शर्मा प्रभाकरले भने । उनले आजको निर्णय अनुमोदनका लागि आगामी जेठ १ गतेको लागि केन्द्रीय समितिको बैठक बोलाइएको पनि जानकारी दिए । आजको बैठकमा सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमबारे पनि छलफल भएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप