बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

आजपनि मधेसी सांसदद्वारा संसद बैठक बहिस्कार

बुधबार, २९ वैशाख २०७३, १२ : ४६
बुधबार, २९ वैशाख २०७३

काठमाडौँ– आफूहरुले उठाएको माग सम्बोधन गर्ने तर्फ सरकारले कुनै पनि चासो नदेखाएको भन्दै मधेसकेन्द्रित दलका सांसदले आज पनि व्यवस्थापिका–संसद्को बैठक बहिस्कार गरेका छन् ।

सदनको कारबाही सुरु हुने वित्तिकै सांसद डिम्पलकुमारी झाले संविधान निर्माणको विषयमा असन्तुस्टि राख्दै लामो समयदेखि तराई–मधेसमा आन्दोलन भए पनि सुनुवाई नभएकाले आफूहरुसँग विरोध गर्नुको विकल्प नभएको बताइन् ।

उनले मधेसवादी दलले उठाएको माग तत्काल पूरा गर्न आग्रह गरिन् । यसरी सदनको बैठक बहिस्कार गर्नेमा सङ्घीय समाजवादी फोरम, तराई–मधेस लोकतान्त्रिक पार्टी, सद्भावना पार्टी, नेपाल सद्भावना पार्टी, तराई–मधेस सद्भावना पार्टीलगायत दल सम्वद्ध सांसद छन् । यसैबीच संसद्को आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पच्चीसौँ वार्षिक प्रतिवेदन २०७१÷७२’ पेस गरेका छन् । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७१÷७२’ पेस गरेका छन् । यस्तै सामान्य प्रशासनमन्त्री रेखा शर्माको तर्फबाट मन्त्री खरेलले नै ‘लोकसेवा आयोगको ५५ औँ वार्षिक प्रतिवेदन २०७१÷०७२ ’पनि आजै सदनमा पेस गरिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप