बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सरकार सिंहदरबार घेराउ कार्यक्रमलाई दवाउने खेलमा लाग्योः राई

बुधबार, २९ वैशाख २०७३, १६ : २६
बुधबार, २९ वैशाख २०७३

काठमाडौं– संघीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले ‘सिंहदरबार घेराऊ’ कार्यक्रममा सत्तासिन पक्षले दमन नीति लिइरहेकाले अधिकतम जनपरिचालन गरिने जनाएका छन् ।

केही दिनदेखि सत्तासिनले सिंहदरबार वरिपरि बढी संख्यामा प्रहरीलाई सडकमै आन्दोलन दबाउन तालिम दिइरहेको भन्दै नेता राईले हजारौं संख्यामा जनपरिचालन गरी आन्दोलनलाई निष्कर्षमा पु¥याउने जिकिरसमेत गरे ।

‘सत्तासिन आन्दोलन दबाउने मानसिकतामा छन्,’ बुधबार आफ्नो पार्टीको जनपरिचालन समितिद्वारा आयोजित बैठकमा राईले भने, ‘हामीले हजारौंको जनसंख्या उपस्थित गराई सरकारी षड्यन्त्र निस्तेज पार्नुपर्छ ।’

नेता राईले राजनीति शान्तिपूर्ण र अहिंसात्मक युद्ध भएकाले संघर्षबाट कोहीपनि पछि हट्न नहुने बताए । साथै, उनले उत्पीडित समुदायले आफ्नै नेतृत्वमा पहिलोपटक सिंहदरबार घेरा हाली सत्तासिनलाई दबाब दिन लागिपरेको जिकिरसमेत गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप